काठमाडौं, २८ जेठ/रासस

यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भूभागमा सोमवारदेखि भित्रिएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जून १३ हो।

यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालका अन्य भूभागमा केही दिनमा क्रमिकरूपमा मनसुन भित्रिने अनुमान गरिएको छ।

आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here