काठमाडौं, २३ जेठ/रासस

राष्ट्रिय समाचार समितिकी उपसमाचारदाता प्रगति ढकाल रु ५० हजार राशिको ‘वातावरण प्रवद्र्धन पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएकी छन्।

छापा सञ्चारमाध्यममा रही वातावरण संरक्षण एवं संवद्र्धनका पक्षमा जनचेतना जगाउन महत्वपूर्ण योगदान पु–याएबापत राससकी उपसमाचारदाता ढकाल पुरस्कृत भएको वातावरण विभागले जनाएको छ।

विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागद्वारा बुधवार आयोजित कार्यक्रममा उपसमाचारदाता ढकालसहित चारजना पत्रकार पुरस्कृत भएका छन्। उपसमाचारदाता ढकालले एक दशकदेखि वन तथा वातावरणका मुद्दामा सक्रियरूपमा कलम चलाउँदै आएकी छन्। राससकर्मी ढकाल यसअघि ‘मिडिया इन कन्जरभेसन अवार्ड’, सामुदायिक वन पत्रकारिता पुरस्कार, नेपाल वातावरण पत्रकार समूह (नेफेज)द्वारा प्रदान गरिने वातावरण पत्रकारिता पुरस्कार तथा वन तथा वातावरण मन्त्रालयबाट प्रदान गरिने उत्कृष्ट वातावरण संरक्षण पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here