नेपाल प्रहरीले स्रोत नखुलेको रु ७२ लाखसहित दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–७ चावहिलस्थित लुम्बिनी खाजाघर तथा गेस्ट हाउसबाट दुवैजनालाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा गाउँपालिका–४ घर भई हाल न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही स्थानका २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।