काठमाडौं, ११ जेठ/रासस

नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सबभेरियन्ट भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जनाको जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए।

उनका अनुसार गत अप्रिल र मे महीनामा सातवटै प्रदेशबाट नमूना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो। तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एकजनामा ‘केपी ३’ र एकजनामा ‘केपी ४’ दखिएको उनले जानकारी दिए। “यो नयाँ भेरियन्ट होइन। ओमिक्रोन भेरियन्टकै सबभेरियन्ट हो। यसलाई नयाँ नाम मात्र दिइएको हो,” उनले भने।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ‘केपी’ प्रजातिको भेरियन्ट सङ्क्रामक नभएको बताए। “केपी प्रजातिको भेरियन्ट त्यति सङ्क्रामक छैन। यसको प्रभाव खासै छैन,” उनले भने। ४२ वटा परीक्षणमा प्रयोगशालामा ओमिक्रोन  (जेएन १) सातजनामा, ओमिक्रोन (बीए २) दुईजनामा देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here