काठमाडौं, ४ जेठ/रासस
काठमाडौं विश्वविद्यालयका प्राडा लक्ष्मण ज्ञवालीले बालबालिकाको सिकाइका क्रममा देखा पर्ने कठिनाइ ‘डिस्लेक्सिया’ रोग नभई एक अवस्था रहेको बताएका छन् ।

हात्तीवनस्थित काठमाडौं विश्वविद्यालयमा शुक्रवार भएको एक अन्तत्र्रिmयामा उनले ‘डिस्लेक्सिया’को अवस्थाबारे अध्ययनपत्र प्रस्तुत गर्दै बालबालिकाले अक्षर ठम्याउन नसक्ने, बुझाइमा समस्या आउने, अक्षर उल्टो लेख्ने, कम बोल्ने, लजाउनेजस्ता लक्षण देखिने क्रियाकलापबाट अभिभावक एवं शिक्षक पीडित भएको बताए । यद्यपि यी लक्षण देखिनुका कारण पत्ता लगाएर शिक्षक र अभिभावकले परामर्शमार्पmत उपचार गर्न सकिने उनको भनाइ थियो । उनले आफ्नो अध्ययनमा नेपालमा १० प्रतिशत विद्यार्थी डिस्लेक्सियाबाट पीडित भएको पाइएको बताए ।

नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) र भारतीय अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (एल्टाइ)ले गरेको दुई दिने ‘बहुविषयक अन्तर्राष्ट्रिय’ सम्मेलनमा विभिन्न विषयका विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा नेपाल, भारत, सिङ्गापुर, ताइवानलगायत देशका विज्ञको सहभागिता थियो ।

प्राध्यापक मोतिकला सुब्बा देवान, लोयला कलेज चेन्नई भारतका डा केएस अन्टोन्सियाम, काठमाडौं विश्वविद्यालयका अङ्ग्रेजी भाषा विभाग प्रमुख डा टीकाराम पौडेल, सिचुआन विश्वविद्यालय चीनका विद्यावारिधि तहका विद्यार्थी प्रशान्तकुमार विकलगायत ४० भन्दा बढी विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेल्टाका राष्ट्रिय कार्यक्रम संयोजक विकास रिमालले नेपालमा बहुस्तरीय विज्ञहरूको विचारविमर्श गरी बुझ्ने र बुझाउने सम्मेलनको उद्देश्य रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here