तीनजना लुटेरालाई स्थानीयले प्रहरीको जिम्मा लगाए

प्रस, रौतहट, २ चैत । रौतहट जिल्लाको परोहा नगरपालिका–९ रामपुरखाप टोलमा रहेको शिव मनी ट्रान्सफरमा शुक्रवार भारतीय लुटेराले गोली प्रहार गरी ५२ लाख रुपैयाँ लुटेर भाग्दा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । आज दिउँसो तीनजना हतियारधारी भारतीयले मनी ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा बसेका नितेश साहलाई गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको […]

स्वास्थ्य परामर्श तथा होली मिलन समारोह

प्रस, वीरगंज, २ चैत/ ज्येष्ठ नागरिक सङ्घ, पर्साले शुक्रवार स्वास्थ्य परामर्श तथा होली मिलन समारोह सम्पन्न गरेको छ । ज्येष्ठ नागरिक पार्क, वीरगंज–१५ मा शुक्रवार सम्पन्न कार्यक्रममा डा पन्नालाल प्रसादले सहभागी ज्येष्ठ नागरिकहरूलाई नाक, कान, घाँटी रोग तथा उपचारबारे जानकारी गराएका थिए । उनले ज्येष्ठ नागरिकहरूको उमेर ढल्किंदै जाँदा कम सुन्ने, आवाज मधुरो हुनेलगायतका समस्या […]

महानगरद्वारा आठ महीनामा ३३ करोड राजस्व सङ्कलन

प्रस, वीरगंज, २ चैत/ वीरगंज महानगरपालिकाले चालू आवको आठ महीनामा ३३ करोड ३२ लाख ४६ हजार ६१७ राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताएका छन् । गत वर्षको तुलनामा चालू आवको फागुनसम्म करीब पाँच करोड राजस्व बढी सङ्कलन भएको उनले बताए । गत वर्ष फागुनसम्म २८ करोड ४७ लाख ४४ हजार ९२६ राजस्व […]

सिमरा विमानस्थलबाट एक वर्षमा अढाई लाख यात्रीको आवागमन

गम्भीरा सहनी, जीतपुर, २ चैत/ सिमरा विमानस्थलबाट सन् २०२३ मा अढाई लाख यात्रीले आवागमन गरेका छन् । सिमरा विमानस्थल कार्यालय, बाराका प्रमुख सूर्यबहादुर खत्रीले सन् २०२३ मा दुई लाख ६३ हजार ९१६ जना यात्रीले सिमरा–काठमाडौं आवागमन गरेको बताए । उनले यस अवधिमा ८६ हजार ८५८ किलो मालसामान ढुवानी भएको पनि जानकारी गराए । कार्यालयका प्रमुख […]

उपभोक्ताको हक सुरक्षित गर्न स्थानीय निकाय गैरजिम्मेवार

प्रस, वीरगंज, २ चैत/ संविधानले प्रदान गरेको उपभोक्ताको मौलिक हक सुरक्षित गर्ने सवालमा स्थानीय निकायहरू जिम्मेवार नदेखिएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आरोप लगाएका छन् । विश्व उपभोक्ता दिवसको अवसरमा शुक्रवार उपभोक्ता हकहित संरक्ष्Fण मञ्च पर्साको सहकार्यमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्ष्Fण कार्यालय, पर्साले आयोजना गरेको अन्तत्र्रिmयामा प्रजिअ भुसालले उपभोक्ताको मौलिक हक सुरक्षाको लागि […]

गणित शिक्षकहरूका लागि तालीम शुरू

नितेश कर्ण, वीरगंज, २ चैत/ नेपाल गणित समाज मधेस प्रदेशको तीन दिने भौतिक तालीम शुक्रवारदेखि वीरगंजमा शुरू भएको छ । कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजमा शिक्षा क्षेत्रको विकासको लागि महानगर तत्पर रहेको बताए । उनले तालीम नाममात्रको लागि आयोजना नगर्न आग्रह गरे । नगरप्रमुख सिंहले राजनीतिका कारण शिक्षा पछाडि परेको बताए […]

पर्सागढीमा पशु चौपायालाई खोप लगाइँदै

बलिराम शुक्ला, बिरुवागुठी, २ चैत/ पर्सागढी नगरपालिकामा बिहीवारदेखि पशुहरूलाई खोप लगाउन शुरू गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्साको सहयोग र पर्सागढी नगरपालिकाको समन्वयमा बाख्राहरूको लागि पिपिआर र गाईभैंसीहरूको लागि खोरेत रोग प्रतिरोधात्मक खोप लगाउन शुरू गरिएको पशुपक्षी तथा मत्स्य विकास शाखा प्रमुख डा पुष्पेन्द्रकुमार साहले बताए । बिहीवार पर्सागढीका वडा […]

मुम्बईबाट आठजना बालकको उद्धार

प्रस, वीरगंज, २ चैत/ जिल्ला प्रहरी कार्यालय, बाराले भारतको मुम्बईबाट आठजना बालकको उद्धार गरी अभिभावकको जिम्मा लगाएको जनाएको छ । विभिन्न मितिमा नेपालबाट भारतको मुम्बईमा मजदूरी गर्न गएका आठजना बालकको उद्धार गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । १३ देखि १७ वर्षमुनिका रौतहटका सातजना र कपिलवस्तुका एकजना गरी आठजना बालकलाई बालकल्याण समिति, बाल हेल्पलाइनलगायत […]

मधेस सरकार भ्रष्टाचारमा लिप्त –डा सिके

प्रस, परवानीपुर, २ चैत/ जनमत पार्टीका अध्यक्ष एवं सांसद डा सिके राउतले आफ्नो दल वर्तमान सरकारमा सहभागी नहुने र मधेस प्रदेश सरकार ढल्दा राम्रो हुने बताएका छन् । भोलि शनिवारदेखि वीरगंजमा हुने पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा सहभागी हुन शुक्रवार वीरगंज आएका अध्यक्ष डा राउतले गहवामाई मन्दिर दर्शनपछि प्रतीकसँगको संक्षिप्त कुराकानीमा वर्तमान नयाँ समीकरणको सरकारले […]