प्रस, रौतहट, २ चैत ।
रौतहट जिल्लाको परोहा नगरपालिका–९ रामपुरखाप टोलमा रहेको शिव मनी ट्रान्सफरमा शुक्रवार भारतीय लुटेराले गोली प्रहार गरी ५२ लाख रुपैयाँ लुटेर भाग्दा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

आज दिउँसो तीनजना हतियारधारी भारतीयले मनी ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा बसेका नितेश साहलाई गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

साहको टाउकोमा लक्षित गरी प्रहार गरिएको गोली कानमा लागेको प्रहरीले जनाएको छ । उनको प्रादेशिक अस्पताल गौरमा उपचारपछि थप उपचारको लागि वीरगंज पठाइएको छ । भारतीय नम्बरको मोटरसाइलमा सवार तीनजना लुटेरा भाग्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

प्रहरीले भारत बिहार मोतिहारीका १७ वर्षीय मनीषकुमार यादव, १८ वर्षीय राजाकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिंहलाई नगदसहित पक्राउ गरिएको जनाएको छ । उनीहरूबाट कटुवा पेस्तोल र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here