बलिराम शुक्ला, बिरुवागुठी, २ चैत/
पर्सागढी नगरपालिकामा बिहीवारदेखि पशुहरूलाई खोप लगाउन शुरू गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्साको सहयोग र पर्सागढी नगरपालिकाको समन्वयमा बाख्राहरूको लागि पिपिआर र गाईभैंसीहरूको लागि खोरेत रोग प्रतिरोधात्मक खोप लगाउन शुरू गरिएको पशुपक्षी तथा मत्स्य विकास शाखा प्रमुख डा पुष्पेन्द्रकुमार साहले बताए ।
बिहीवार पर्सागढीका वडा नं ७ र ९ मा सयवटा बाख्रालाई पिपिआर र ४५० वटा गाईभैंसीलाई खोरेत रोगविरुद्ध खोप लगाइएको उनले बताए । १० जना पशु प्राविधिक खटाइ पर्सागढीका नौवटै वडाका करीब १६ हजार बाख्रा र नौ हजार गाईभैंसीमा खोप लगाइने उनले बताए ।
प्रत्येक वर्ष बाख्रामा पिपिआर र गाईभैंसीमा खोरेत रोग देखा पर्दै आएको छ ।