राष्ट्रिय परिचयपत्रबारे जिल्लास्तरीय अभिमुखीकरण

प्रस, रौतहट, १० माघ/ राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान सञ्चालनसम्बन्धी एक दिने जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम बुधवार जिल्ला प्रशासन कार्यालय, रौतहटको सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार र जिल्ला प्रशासन कार्यालय, रौतहटको संयुक्त आयोजनामा भएको अभिमुखीकरणमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले रौतहट जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि २३.७ प्रतिशत […]

छ करोडको लागतमा पटेर्वासुगौली गापाको प्रशासकीय भवन बन्दै

दिनेश मिश्र, वीरगंज, १० माघ/ पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाको प्रशासकीय भवनको भुइँतलाको छत ढलान कार्यक्रम सम्पन्न भएको छ । प्रशासकीय भवन पटेर्वासुगौली गाउँपालिका वडा नं ४ ठूलो सुगौलीमा बन्न लागेको हो । १० वटा प्रशासकीय कोठा क्षेत्रफल ४९३३.४६ वर्गफुटमा बन्न लागेको हो । तीन तलासम्म बनाउन कुल रु छ करोड दुई लाखको लागत जसमा ४० […]

प्रशासनको सेवा सहज र सरल बनाउने –प्रजिअ घिमिरे

प्रस, वीरगंज, १० माघ/ बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जिल्ला प्रशासन कार्यालयको सेवा सबैको लागि सहज र सरल बनाउने गरी आपूmले काम गर्ने बताएका छन् । बाराली पत्रकारहरूसँग मङ्गलवार परिचयात्मक भेटघाट गर्दै प्रजिअ घिमिरेले यहाँ जिप्रकाको सेवालाई कसरी सहज, सरल बनाउने भन्ने विषयमा सबै सरोकारवालाहरूसँग समन्वय गरेर अगाडि बढ्ने बताए । उनले जिल्ला प्रशासन […]

छोरीको हत्या आरोपमा पिता हरिन्द्र पक्राउ

प्रस, वीरगंज, १० माघ/ छोरीको हत्या आरोपमा बारा प्रहरीले फेटा गाउँपालिका–१ त्रिवेणीटोलका हरिन्द्र महतोलाई पक्राउ गरेको छ । बारा प्रहरीले गत साउन ११ मा मामाघरमा बस्दै आएकी छोरी कोशिलालाई पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुलनजीक इमृति खोला किनारमा हत्या गरेर शव फालेको कसूरमा पक्राउ गरेको जनाएको छ । कोशिलाको टाउको नभएको अवस्थामा शव फेला परेको र […]

हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी

प्रस, रौतहट, १० माघ/ रौतहटको ईशनाथ नगरपालिका–५ जटहारा गाउँमा रहेको हनुमान मन्दिर र ब्रह्मस्थानमा अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन् । भारतको अयोध्यामा राममन्दिरमा प्राणप्रतिष्ठा भएको दुई दिनपछि रौतहटको दक्षिणी भेग भारतीय सिमानासँग जोडिएको ईशनाथ नपा–५ जटहारा गाउँस्थित सामुदायिक विद्यालयको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयपछाडि रहेको ब्रह्मस्थानमा हिजो मङ्गलवार राति अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन् […]

मटिअर्वा नाकामा नागरिक सहायता कक्षको उदघाटन

प्रस, वीरगंज, १० माघ/ कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले बाराको मटिअर्वास्थित नेपाल–भारत सीमानाकामा सहायता कक्ष भवनको उद्घाटन गरेका छन् । अमर सशस्त्र प्रहरी हवलदार जोखनप्रसाद चौधरीको सम्झनामा नवनिर्मित नागरिक सहायता कक्ष भवनको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेडक्वार्टर, बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगी, सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा […]

तीन हजार किलो प्याजसहित दुईवटा सवारीसाधन नियन्त्रण

प्रस, वीरगंज, १० माघ/ मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुर र प्रहरी चौकी पथलैयाको संयुक्त टोलीले तीन हजार किलो प्याजसहित दुईवटा सवारीसाधन नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा प्रहरीले चेकजाँच गर्दा वीरगंजबाट काठमाडौं र रौतहटबाट चितवन जाँदै गरेका ना.३ख ४५३० नम्बरको ट्रकबाट खुद्रा सामान तथा प्र–२–०३–००१च२३९४ नम्बरको पिकअपबाट दुर्ई हजार छ सय किलो प्याज र […]

मन्त्रीद्वयको राजीनामा स्वीकृत

प्रस, जनकपुरधाम, १० माघ/ मधेस सरकारबाट राजीनामा दिएका जनमत पार्टीका दुवै मन्त्रीको राजीनामा स्वीकृत भएको छ । मङ्गलवार साँझ जनमतबाट संसदीय दलका नेतासमेत रहेका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा दिएका थिए । बुधवार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले दुवैजना मन्त्रीको राजीनामा स्वीकृत गरेका हुन् […]

एनआई कपः हेटौंडालाई पराजित गर्दै नेशनल इन्फोटेक फाइनलमा

प्रस, वीरगंज, १० माघ/ नारायणी क्रिकेट मैदानमा जारी नेशनल इन्फोटेक (एनआई) कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवारदेखि सेमिफाइनल चरणका खेल शुरू भएको छ । बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक नेशनल इन्फोटेक कलेजले हेटौंडा स्कूल अफ म्यानेजमेन्टलाई पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको छ । आज भएको खेलमा टस जितेर नेशनल इन्फोटेकले ब्याटिङ गरेको थियो । […]

बहुअरीपिडारी क्रिकेट क्लब विजयी

दिनेश मिश्र, वीरगंज, १० माघ/ पटेर्वासुगौली गाउँपालिकाको निचुटामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता–२०८० अन्तर्गत बुधवार भएको दोस्रो दिनको खेलमा बहुअरीपिडारी क्रिकेट क्लब विजयी भएको छ । बहुअरीपिडारी क्रिकेट क्लबले बगही युवा क्लबलाई नौ विकेटअन्तरले पराजित गरेको आयोजकले जानकारी गराएको छ । टस जितेर पहिला ब्याटिङ गरेको बगहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८९ रन […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।