दिनेश मिश्र, वीरगंज, १० माघ/
पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाको प्रशासकीय भवनको भुइँतलाको छत ढलान कार्यक्रम सम्पन्न भएको छ । प्रशासकीय भवन पटेर्वासुगौली गाउँपालिका वडा नं ४ ठूलो सुगौलीमा बन्न लागेको हो । १० वटा प्रशासकीय कोठा क्षेत्रफल ४९३३.४६ वर्गफुटमा बन्न लागेको हो । तीन तलासम्म बनाउन कुल रु छ करोड दुई लाखको लागत जसमा ४० प्रतिशत गाउँपालिका र ६० प्रतिशत सङ्घको लगानीबाट बन्न लागेको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले जानकारी गराए । हाम्रो कटुवाल जेभीको नाम गरेको कम्पनीले ठेक्का लिएको र आउँदो आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न हुने जानकारी अध्यक्ष्F चौधरीले बताए ।
अहिले गाउँपालिकाको प्रशासनिक कार्य भने गाउँपालिका वडा नं ४ मा रहेको धर्मशालामा तला थप गरी सञ्चालन भइरहेको र भाडा तिर्नुपर्ने बाध्यता नरहेको उपाध्यक्ष ममता महतोले जिकिर गरिन् ।
धार्मिक परम्परा अनुसार पूजापाठ गरेर भुइँ तलाको ढलान कार्य शुरू भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ममता महतो, शिवबालक ठाकुर, सजिना विक, मीनादेवी मुसहरिन, प्रभावती देवी, नूरबानी देवी मियाँइन, कल्वीदेवी मुसहरिनलगायत बोर्डका सबै सदस्यको सहभागिता थियो ।