प्रस, वीरगंज, १० माघ/
बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जिल्ला प्रशासन कार्यालयको सेवा सबैको लागि सहज र सरल बनाउने गरी आपूmले काम गर्ने बताएका छन् ।
बाराली पत्रकारहरूसँग मङ्गलवार परिचयात्मक भेटघाट गर्दै प्रजिअ घिमिरेले यहाँ जिप्रकाको सेवालाई कसरी सहज, सरल बनाउने भन्ने विषयमा सबै सरोकारवालाहरूसँग समन्वय गरेर अगाडि बढ्ने बताए । उनले जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवाहरूमध्ये नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरणमा तत्काल ढिलासुस्ती भएको गुनासो आए पनि आगामी दिनमा त्यसलाई व्यवस्थित गर्ने र छिटोछरितो सेवा प्रवाह गरिने बताए ।
उनले जिल्लामा हुने सबैखाले बेथितिहरूलाई आप्mनो कार्यकालमा निरुत्साहित गरी कानूनसम्मत कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने वातावरण मिलाउने दाबी गरे । अवैध आयात–निर्यात, अनुचित लेनदेन, लागूऔषध, कालोबजारी, चोरी नियन्त्रणलगायतका विषयमा प्रहरीसँग समन्वय गरेर निरुत्साहित गरिने उनले बताए । कार्यक्रममा सहायक प्रजिअ कृष्णप्रसाद आचार्य, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनवकुमार सिंह, जिप्रका बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेलगायतको सहभागिता थियो ।