सांसद्सँग संवादः आफ्नो स्वार्थ पूरा गर्न मात्र राजनीति गर्ने प्रवृत्ति हाबी –बलराम अधिकारी

काठमाडौं, २ माघ/रासस संसदीय अभ्यास सबै देशमा आआफ्नो किसिमको हुन्छ । देश सञ्चालनको जिम्मेवारी बोकेको सरकारको गतिमा यसको अभ्यास निर्भर रहन्छ । देश सङ्घीयतामा प्रवेश गरेपछि संविधानको मर्म र भावना अनुरूप विभिन्न कानून बनाएर लागू गर्ने विषयमा केही ढिलाइ भएको छ । संसदीय गतिविधि त्यति प्रभावकारी हुन सकेको छैन । प्रतिपक्षको हैसियतमा विधेयक ल्याउन हामीले […]

नेप्से परिसूचकमा ५४ अङ्कको वृद्धि

काठमाडौं, २ माघ/रासस यो महीना बैंकहरूले कर्जाको ब्याजदर थप घटाएसँगै शेयर बजारमा उच्च अङ्कको वृद्धि देखिएको छ । मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४ दशमलव ५४ अङ्क अर्थात् दुई दशमलव ५७ प्रतिशतले बढेर दुई हजार १७५ दशमलव १७ को बिन्दुमा कायम भएको छ । आज ३०४ कम्पनीका दुई करोड ३३ लाख ७० हजार ५३ […]

राष्ट्रसङ्घद्वारा युक्रेनलाई ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास

कीभ, २ माघ/सिन्हवा संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यस वर्ष ४.२ विलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ । युक्रेनको अस्थायीरूपमा कब्जा गरिएका क्षेत्रहरूको पुनः एकीकरण मन्त्रालयले सोमवार यस्तो जनाएको छ । विशेषगरी संयुक्त राष्ट्रसङ्घले युक्रेनमा ८५ लाख मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ अर्ब डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्पmत […]

माघी पर्व थारू समुदायले धूमधामले मनाए

ओमप्रकाश चौधरी, सेढवा, १ माघ/ वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, पटेर्वासुगौली, जीराभवानी र सखुवाप्रसौनी गापा गरी पर्सा जिल्लाका पाँचवटा पालिकामा सोमवार माघी/ खिचडी महोत्सव एवं सांस्कृतिक कार्यक्रम धूमधामका साथ मनाइएको छ । वीरगंजको घण्टाघरबाट निकालिएको -याली पुरानो बसपार्क आदर्शनगरमा पुगेर कार्यक्रम गरी समापन भएको थियो । माघी मूल समारोह समितिको आयोजनामा कार्यक्रम भएको थियो । यसैगरी, […]

वन समूहका अध्यक्ष थापा पक्राउ

जीतलाल श्रेष्ठ, निजगढ, १ माघ/ निजगढ नगरपालिका–२ सिगौंल स्थित श्री वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुुर थापा शनिवार दिउँसो पक्राउ परेका छन् । पक्राउ परेका थापालाई आइतवार बारा जिल्ला अदालतले पाँच दिने म्याद थप गरेको डिवका सिमरा बाराले जनाएको छ । सो सामुुदायिक वन समूहको वन क्षेत्र आबादी गराएको आरोपमा २०७३ असार २० गते […]

गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार पासवानलाई

प्रस, वीरगंज, १ माघ/ गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगंजका पत्रकार बृजलाल पासवानलाई सोमवार प्रदान गरिएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद अजयकुमार चौरसियाले ५० हजार राशिको पुरस्कार पत्रकार पासवानलाई प्रदान गरेका थिए । कार्यक्रममा सांसद चौरसियाले पत्रकारहरू विषम परिस्थितिमा लोकतन्त्रको रक्षार्थ खटेका र अहिले लोकतन्त्र बचाउने जिम्मेवारी पनि वहन गर्नुपर्ने आग्रह गरे […]

शीतलहरका कारण विद्यालय बन्द

प्रस, रौतहट, १ माघ/ शीतलहरका कारण बढेको चीसोका कारण गौर नगरपालिकाले माघ ४ गतेसम्मका लागि विद्यालय बन्द गरेको छ । बिहान बाक्लो हुस्सुसँगै हावा चलिरहेकोले चीसो बढेको जनाउँदै गौर नगरपालिकाले पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई वर्षे बिदाबाट कट्टा हुनेगरी माघ ४ गतेसम्म विद्यालय बन्द गर्न सूचनामार्फत निर्देशन दिएको छ । चीसो बढेसँगै विद्यालयहरूमा विद्यार्थी […]

अभियुक्त छुटाउने बिचौलिया पक्राउ

प्रस, वीरगंज, १ माघ/ बन्दी सुधारगृह (वीरगंज कारागार) मा रहेका भारतीय अपराधीलाई छुटाइदिने भनेर पैसा ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, बाराले एकजना बिचौलियालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिकास्थित बाल एकता बोर्डिङ स्कूलका प्रधानाध्यापक रूपेश स्वर्णकार हत्याकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका भारतीय अपराधीलाई छुटाइदिने भनेर एक लाख ९२ हजार रकम लिएको कसूरमा बिचौलिया […]

सतर्क हुन प्रजिअ भुसालको निर्देशन

राधेश्याम पटेल, परवानीपुर, १ माघ/ पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कोभिड व्यवस्थापन समिति पर्साका सबै सरोकारवाला निकाय सतर्क रहनुपर्ने बताएका छन् । भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट फेला परिरहेको अवस्थामा रक्सौल नाकाबाट भित्रिरहेका सर्वसाधारणमा कोभिड सङ्क्रमण फेला परेको सूचनाका कारण फेरि कोभिड बढ्न सक्ने सम्भावना रहेकोले सरोकारवाला निकायलाई सतर्क रहन उनले निर्देशन […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।