कीभ, २ माघ/सिन्हवा
संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यस वर्ष ४.२ विलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ । युक्रेनको अस्थायीरूपमा कब्जा गरिएका क्षेत्रहरूको पुनः एकीकरण मन्त्रालयले सोमवार यस्तो जनाएको छ ।

विशेषगरी संयुक्त राष्ट्रसङ्घले युक्रेनमा ८५ लाख मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ अर्ब डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्पmत जनाएको हो ।

रूस–युक्रेन द्वन्द्वका कारण देशबाट भाग्न बाध्य भएका २.३ मिलियन युक्रेनी शरणार्थीलाई सहयोग गर्न १.१ अर्ब डलर जुटाउने पनि विश्व निकायको लक्ष्य रहेको छ ।

युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेशुकले द्वन्द्वबाट प्रभावित युक्रेनीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय योजनामा कीभले उच्च आशा राखेको बताएकी छन् ।

उनले आन्तरिकरूपमा विस्थापित मानिस तथा युद्धबाट भागेर विदेश गएका आफ्ना नागरिकलाई समर्थन जारी राख्नुपर्ने बताएकी छन् ।

सन् २०२२ को फेबु्रअरीदेखि करीब ६३ लाख मानिस युक्रेनबाट पलायन भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । युक्रेनी अधिकारीहरूका अनुसार देशभित्र करीब ४९ लाख मानिस विस्थापित भएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here