???? ???????? ?????? ?????????????? ????????? ??? ????????, ?? ???? ????????????? ???????? ????? ‘???????’??? ?????? ???????????? ?? ?? ??????? ??????? ??????????? ????????? ????????? ????? ? ??????? ????????? ????÷????

काठमाडौं, १९ पुस/रासस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशमन्त्री डा एस जयशङ्कररले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा विशेषगरी प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणका क्रममा भएका सहमतिहरूलाई कार्यान्वयनमा ल्याउन आज बस्ने नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक फलदायी हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार रूपक सापकोटाले जानकारी दिए।

गत जूनमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका विद्युत् व्यापार, कनेक्टिभिटीलगायत विषयमा छलफल भई प्रधानमन्त्री दाहालले ती सम्झौतालाई चाँडो कार्यान्वयनमा ल्याउनेगरी आजको दुर्ई देशबीचको संयुक्त आयोगको बैठकमा आवश्यक छलफल गरी अगाडि बढ्न भारतीय विदेशमन्त्रीलाई आग्रह गरेका थिए। उनले भारतसँग भएको विद्युत् व्यापारसम्बन्धी सम्झौता नेपाल र भारत दुवै देशका लागि तथा नेपालले बङ्गलादेशसम्म विद्युत् व्यापार गर्न सक्नेसम्मका लागि पनि कोसेढुङ्गा साबित हुने भन्दै यस सम्झौतालाई आपसी समझदारी अनुसार सहजरूपमा अघि बढाउन जोड दिएको सल्लाहकार सापकोटाले जानकारी दिए।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा  सहभागी हुन भारतीय विदेशमन्त्री डा जयशङ्कर दुर्ई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन्। उनँले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here