खराब दिनचर्या र खानपानको कारण हृदयघात हुन सक्छ । हृदयघात हुनुभन्दा पहिले शरीरले थुप्रै लक्षण देखाउँछ । छाती वरपर मात्र होइन शरीरको कुनै पनि भागमा हृदयघातको लक्षण देखिन्छ । त्यसमध्ये खुट्टा पनि एउटा हो ।
यदि खुट्टाको छाला नीलो भएको छ भने तपाईंलाई हृदयघात हुन सक्छ । हृदयघात हुनुभन्दा पहिले शरीरमा रक्तसञ्चार सही ढङ्गले हुँदैन, जसले गर्दा खुट्टा नीलो हुने र सुन्निने गर्छ । मुटुले जब सही ढङ्गले काम गर्दैन, तब खुट्टा लामो समयसम्म सुन्निने र नीलो हुने गर्छ । त्यति बेला तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ किनभने यो हृदयघातको लक्षण पनि हुन सक्छ । यसको अलावा खुट्टा दुखिरहन्छ भने हृदयघात हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।