अनि कसरी देश बन्छ

हाम्रो देशमा विकृत राजनीति तथा राजनीतिक अन्योलताका कारण मुलुकवासीले लोकतन्त्रको सही अनुभूति गर्न सकेका छैनन् । यहाँका राजनीतिक दल र तीनका नेताहरू लोकतान्त्रिक बन्न सकेका छैनन् । कुर्सीका निम्ति हानाहान, तानातान छ । कुर्सी पाएपछि आफूलाई मालिक सम्झने मानसिकता छ । सरकारमा पुग्ने बित्तिकै आजीवन सत्ताको जिम्मेवारी पाए सरह अहमता चढ्छ । नातागोता, भाइभारदार, आफन्त, […]

बारा प्रहरीको झारा टार्ने काम, शुटर पक्राउ परेन

प्रस, वीरगंज, १४ कात्तिक/ रूपेश सर्राफ हत्याकाण्डमा गोली प्रहार गर्ने भारतीय शुटरलाई बारा प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । बारा प्रहरीले रूपेश सर्राफको योजनाकार पक्राउ गरेर भ्रम मात्र छरेको स्थानीयले आरोप लगाएका छन् । २४ घण्टा बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय, बाराले हत्याराबारे आधिकारिक जानकारी गराएको छैन । मुख्य योजनाकारसहित छजना पक्राउ परेको प्रहरी […]

खानेपानीले महानगरको सडक खनेर बर्बाद बनाउदै

प्रस, वीरगंज,१४ कात्तिक/ नेपाल खानेपानी संस्थानले वीरगंज महानगरका अधिकांश कालोपत्र सडक बिगारेको आरोप छ । महानगरभित्र रहेका कालोपत्र तथा ढलान सडक फोडेर खानेपानीको पाइप बिछ्याएपछि संस्थानले सडक मरम्मत नगरी त्यसै छाड्ने गर्दा सडकहरू कुरूप देखिएका छन् । केही दिनअगाडि मात्र महानगरले घण्टाघरदेखि पावरहाउस चोकसम्मको बिगे्रको सडक मर्मत गरेको थियो । तर खानेपानी संस्थानले सडक खनेर […]

चाडपर्वको समयमा बसभाडा वृद्धि

नितेश कर्ण, वीरगंज, १४ कात्तिक/ चाडपर्वको मौका छोपेर यातायात व्यवसायीहरूले भाडा वृद्धि गरेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निजगढ, तामागढी, चन्द्रनिगाहपुर, बाग्मती, कर्मैया, नयाँरोड, हरिवन, नवलपुर, लालबन्दी, फूलझोर, ढल्केबर, गौशाला चोकलगायत ठाउँमा रहेका टिकट बुकिङ काउन्टरहरूले अहिले गाडीको अभाव देखाउँदै बढी भाडा असुलिरहेका छन् । वीरगंजदेखि काठमाडौंको भाडा रु ८५० रहेकोमा अहिले गाडीको अभाव देखाउँदै […]

जिप्रका, पर्साले गैरआवासीय नेपाली तथा विदेशीसँग विवाह गरेकी नेपाली महिलाको सन्तानलाई नागरिकता दिने

प्रस, वीरगंज, १४ कात्तिक/ जिल्ला प्रशासन कार्यालय, पर्साले गैरआवासीय नेपाली र विदेशी पुरुषसँग विवाह गरेकी नेपाली महिलाको सन्तानलाई नागरिकता दिने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले मङ्गलवार सूचना जारी गर्दै सोको लागि अवलम्बन गर्नुपर्ने प्रक्रिया र कागजातबारे जानकारी गराएका छन् । नेपाल सरकारको मिति २०८०/२/१७ गतेको नेपाल राजपत्रमा प्रकाशित नेपाल नागरिकता (पहिलो […]

पिउने पानीमा कीरा भेटियो

प्रस, निजगढ, १३ कात्तिक/ निजगढ नगरपालिका–७ औतारटोलको एउटा पसलमा पिउने पानीमा भुसुना प्रजातिका कीराहरू भेटिएका छन् । निजगढ नपा–९ मा रहेको पानी प्रशोधित कम्पनीबाट उत्पादित मैत्री डप्स लेखिएको पिउने पानीको सिलबन्दी प्लास्टिकको बोतलभित्र उक्त अखाद्य वस्तु भेटिएको निजगढ नपा–४ बागदेवका निश्चलराज अधिकारीले जानकारी दिएका हुन् । पसलबाट पानी किनेर पिउँदा शङ्का लागेर बोतलभित्र हेर्दा पानीमा […]

फूटबल प्रतियोगिताको कारण बिहानी कक्षा

प्रस, सेढवा, १३ कात्तिक/ जीराभवानी गाउँपालिकामा जारी सातौं परसवा गोल्डकपका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित हुन नदिन गापा अध्यक्ष अनोज चौधरीले बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । सो फूटबल प्रतियोगितामा मार्चपास, खेलाडीहरूको स्वागत तथा विभिन्न क्रियाकलाप सञ्चालन गर्न सामुदायिक तथा निजी विद्यालयका सयजना बालबालिका परिचालन गरिएका छन् । दिउँसो १ बजेदेखि खेल शुरू हुँदा […]

परसवा गोल्डकपः निचुटा र मनहर्वा विजयी

प्रस, सेढवा, १४ कात्तिक/ जीराभवानी गाउँपालिका–३ मा जारी परसवा गोल्डकप २०८० को लिग चरण अन्तर्गत मङ्गलवारको पहिलो खेलमा निचुटा विजयी भएको छ । निचुटाले आयोजक न्यू एभरेस्ट क्लब, परसवालाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गरी तीन अङ्क प्राप्त गरेको छ । निचुटाका जर्सी नं १६ का युवराज खड्काले निर्णायक गोल गरेका थिए । सो खेलमा […]

ट्रक नियन्त्रण

प्रस, वीरगंज, १४ कात्तिक/ जिल्ला प्रहरी कार्यालय, पर्साले बिलीबजकभन्दा बढीका तयारी कपडा तथा खुद्रा सामानहरू लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । सोमवार राति वीरगंजबाट झापातर्पm जाँदै गरेको ना.३ख ४६५१ नम्बरको ट्रक वीरगंज–१४ गण्डक चोकमा प्रहरीले चेकजाँच गर्दा ४२ लाख ३२ हजार मूल्य बराबरका विभिन्न सामान बिलबीजकभन्दा बढी देखिएपछि नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।