प्रस, निजगढ, १३ कात्तिक/
निजगढ नगरपालिका–७ औतारटोलको एउटा पसलमा पिउने पानीमा भुसुना प्रजातिका कीराहरू भेटिएका छन् । निजगढ नपा–९ मा रहेको पानी प्रशोधित कम्पनीबाट उत्पादित मैत्री डप्स लेखिएको पिउने पानीको सिलबन्दी प्लास्टिकको बोतलभित्र उक्त अखाद्य वस्तु भेटिएको निजगढ नपा–४ बागदेवका निश्चलराज अधिकारीले जानकारी दिएका हुन् । पसलबाट पानी किनेर पिउँदा शङ्का लागेर बोतलभित्र हेर्दा पानीमा अखाद्य वस्तु भेटिएको उनले बताए । सोही पसलबाट सोही कम्पनीको अर्को सिलबन्दी पानीको बोतल हेर्दा उस्तै अखाद्य वस्तु भेटिएको उनले बताए । सिलबन्दी पानीप्रति विश्वास रहेकोले कसैले पनि नहेरी पिउने गर्छन्, पानी प्रशोधित कम्पनी यसतर्पm सचेत, सजग भएर पानी प्याकिङ गरी बजारमा ल्याउनुपर्ने उपभोक्ताहरूको भनाइ छ । यो मानव स्वास्थ्यप्रति हदैसम्मको खेलबाड भएको पानीमा अखाद्य वस्तु देख्नेले बताएका छन् । यता स्थानीय तह निजगढ नगरपालिकाले प्रभावकारी बजार अनुगमन नगरेको उपभोक्ताहरूको भनाइ छ । विगतमा पनि बोतलबन्द पिउने पानीमा हरियो लेउ, अखाद्य वस्तु भेटिंदै आएका थिए । उत्पादक कम्पनीहरूबाट प्याकिङ भएर बजारमा आउने विभिन्न कम्पनीका जुस, फ्रुटीलगायत अन्य पेय पदार्थहरूमा समेत लेदो, फोहोर, अखाद्य वस्तुहरू भेटिने गरे पनि त्यस्ता कम्पनीविरुद्ध कानूनी कारबाई गरिएको पाइएको छैन । जिल्ला प्रशासन कार्यालय, बारा, खाद्य गुणस्तर कार्यालय, निजगढ नपा, स्थानीय प्रहरी, प्रशासन, उद्योग वाणिज्य सङ्घलगायत सम्बन्धित सरोकारवाला निकायहरूको संयुक्त टोलीले चाडपर्व आउँदै गर्दा वा अन्य समयमा पनि यस्ता पेय पदार्थ तथा खाद्यवस्तुहरूको प्रभावकारी अनुगमन गर्नुपर्ने स्थानीय उपभोक्ताहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here