प्रस, वीरगज, ६ भदौ/
जनता समाजवादी पार्टी पर्साका नेताहरूबीच अहिले जुहारी चलिरहेको छ ।

जसपा नगर अधिवेसनमा केहि दिन अघि जसपाका प्रमुख सचेतक एवं सांसद प्रदीप यादवले जिल्ला अध्यक्ष र सचिवलाई लक्षित गरेर एनजिओकर्मी भएको र सोही अनुरूप जिल्ला कमिटी चलाएको आरोप लगाएका थिए । सचेतक एवं सांसद यादवले जिल्ला कमिटी पुर्नगठन हुनुपर्ने माग पनि राखेका थिए । त्यसको केहिदिन भित्र बसेको जिल्ला कमिटीको बैठकले सचेतक एवं सांसदको नाम नलिएर सो अभिव्यक्तिको विरोध गरेको थियो ।

पार्टीको जिम्मेवार पदमा आसिन व्यक्तिबाट मर्यादा उल्लंघन नहोस भनेर जिल्ला कमिटीले चेतावनी पनि दिएको थियो । लगत्तै बुधवार बसेको पर्सा क्षेत्र नं १ को क्षेत्रिय अधिवेसनमा जिल्ला अध्यक्ष रामनरेश यादवले पनि सचेतक एवं सांसद यादवको नाम नलिएर पार्टीको जिम्मेवार पदमा आसिन व्यक्तिले विधी, पद्धती चल्नु पर्ने, पदीय मर्यादामा रहेर अभिव्यक्ति दिनुपर्ने अन्यथा कार्यवाही हुने चेतावनी दिए । उनले यसअघि मन्त्रि पद नपाउँदा पार्टी कार्यालयमा तोडफोड मच्चाउने, अध्यक्ष विरूद्ध नाराबाजी गराउने र जिल्ला प्रवेशमा रोक लगाउने जस्ता अभिव्यक्ति दिनेले अहिले फेरी जिल्ला कमिटी विरूद्ध विष वमन गर्नु उचित नभएको तर्क गरे ।

क्षेत्रिय सभापति घनश्यामबाबु गुप्ताको अध्यक्षतामा भएको अधिवेसनमा उपाध्यक्ष अजय चौरसिया, सचिव तबरेज अहमद, वडाध्यक्षहरू महबुब एलाही, प्रशुराम चौरसिया, पुर्ववडाध्यक्ष श्यामबाबु चौरसियालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here