प्रस, वीरगंज, १ असार/

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा लोकतन्त्र हैन दलतन्त्र रहेको बताएका छन्।

वीरगंजमा आम विद्यार्थी मोर्चाको भेलामा अध्यक्ष साहले देशमा नाम मात्रको लोकतन्त्र रहेको र सबै निर्णय दलहरूको विधान र सिद्धान्तमा भइरहेको बताए। उनले जनताको शासनलाई पाखा लगाइ दलतन्त्रले अहिले आम जनतालाई गुमराहमा पार्न कथितरूपमा समाजवादको विषय उठाएकोमा दुःख व्यक्त गरे। लोकतन्त्रमा जनताको अधिकारको कुरा गर्नुको साटो समाजवादी मोर्चाको कुरा गर्नु जनतालाई ढाँट्नु भएको बताए। उनले नेताहरूले आफ्नो रोटी सेक्नका लागि यस प्रकारको विषय उठाएको बताए।

अध्यक्ष साहले काठमाडौंका विद्यार्थीहरूले सार्वजनिक यातायातमा पाउने गरेको ४५ प्रतिशत छुट वीरगंजका विद्यार्थीहरूले पनि पाउनुपर्ने बताए। कानून सबैका लागि बराबर हो, देशभरि चल्ने सवारीसाधनमा विद्यार्थीहरूको लागि तोकिएको छुट दिन सबै विद्यार्थी सङ्गठन एक हुनुपर्ने बताए। कार्यक्रममा बाबुराम कौशिक, इस्लाम मियाँलगायतले मन्तव्य राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here