प्रस, वीरगंज, १ असार/

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले आगलागीपीडितलाई राहत सामग्री सहयोग गरेका छन्।

आगलागीपीडित पाँडेपुर निवासी मञ्जु महतो नुनिया र बिसुनपूर्वा निवासी हिम्मत लाललाई राहतस्वरूप नगद पाँच/पाँच हजार र रेडक्रसबाट प्राप्त सहयोग चामल, दाल, त्रिपाल, बाल्टिन तथा भाँडाबर्तन सहयोग गरेका हुन्।

कार्यक्रममा वडाध्यक्षद्वय लक्ष्मी साह तेली, नेपाली कुशवाहा, बिहारीप्रसाद नुनिया, सुरेन्द्रसिंह क्षत्रीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here