साउदी अरबको कट्टर नियम र खतरनाक सजायबारे सबैलाई थाहा छ । यहाँको कडा कानूनले कसैलाई पनि छाड्दैन । बितेको दश दिनमा साउदी अरबमा १२ जनालाई मृत्युदण्ड दिंदै उनीहरूको टाउको छिनालिएको छ । अहिलेको युगमा पनि कसैको घाँटीमा तरबार प्रहार गरेर काट्नेबारे सोच्नु नै भयावह हुन्छ । तर प्रगतिसँगै साउदी अरबले आफ्नो पुरानो कुप्रथा त्याग्न सकेको छैन ।

रिपोर्ट अनुसार साउदी अरबमा जुन १२ जनाको व्यक्तिको टाउको गिंडिएको थियो, तीमध्ये अधिकांश प्रवासी थिए । तीनजना पाकिस्तानी, चारजना सिरियाली र दुईजना जोर्डनी नागरिक हुन् । यीमध्ये तीनजना साउदी अरबका नागरिक पनि थिए । सबैमाथि लागूऔषधसम्बन्धी कानून उल्लङ्घन गरेको आरोप थियो, जसको कारण उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

मार्च महीनामा साउदी अरब सरकारले ८१ जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । यसमध्ये अधिकांश उग्रवादी सङ्गठनमा आबद्ध थिए । साउदी अरबको आधुनिक इतिहासमा पहिलोपटक यतिधेरै व्यक्तिलाई मृत्युदण्ड सुनाइएको थियो ।

सन् २०१८ मा साउदी अरब सरकारले यस प्रकारको सजाय घटाउने निर्णय पनि लिएको थियो । त्यति बेला अडकल लगाइँदै थियो कि साउदी अरब सरकारले केवल त्यस्ता व्यक्तिलाई मात्र मृत्युदण्ड दिन्छ, जो हत्या वा मारकाटका आरोपी हुन्छन् ।

मोहम्मद बिन सलमानले भनेका थिए– साउदी सरकार विचार गरिरहेको छ कि कुन प्रकारबाट मृत्युको सजाय कमसेकम व्यक्तिलाई दिने । यद्यपि यस्तो भएन लगभग दुई वर्षपछि साउदी अरबमा यस प्रकारको भयावह सजाय मानिसलाई दिन थालिएको छ । जबकि साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान लगातार साउदी अरबको न्याय व्यवस्थामा परिवर्तनको कुरा गर्दै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here