फिफा विश्वकप फूटबल खेल मैदानमा धेरैजना खेलाडी घाइते भएको देख्छौं । हालै एउटा घटनामा सेनेगल स्टार सैडियो माने बायर्न म्युनिख म्याचमा घुँडामा चोट लागेपछि टुर्नामेन्टबाट बाहिरिनुप¥यो । वेर्डर ब्रेमेनविरुद्ध बुन्डेसलिगा म्याचको दौरान लङ्डाउँदै गरेका बायर्न फरवार्डलाई आफ्नो दाहिने खुट्टाको अगाडिको भागमा चोट लागेको पत्ता लाग्छ । यसबारे उनले ट्वीट गरेका थिए ।

साथै एउटा भिडियोमा मैनुएल अफोन्सोले भने– दुर्भाग्यले एमआरआईमा सुधार देखिएन, जति हामीले आशा गरेका थियौं । यस कारण सैडियोलाई विश्वकपबाट हट्नुप¥यो । चर्चित खेलाडीले अब ठीक हुन शल्यक्रिया गर्नुपर्छ ।

मैदानमा जुन गतिले खेलाडी दौडिन्छन्, त्यसलाई हेर्दै भन्न सकिन्छ कि फूटबल सदैव क्रूर खेल रह्यो, जहाँ मैदानमा खेलाडीलाई सजिलै चोट लाग्न सक्छ । जसरी मैदानबाट खेलाडीले रगतले लथपथ हुँदै वा लङ्डाउँदै निस्केको देख्छौं, यो अनुमान लगाउन सक्छौं कि बिचरालाई गम्भीर चोट लागेको छ ।

स्वास्थ्य विज्ञका अनुसार फूटबल खेलमा सबैभन्दा बढी खुट्टामा चोट लाग्ने गर्छ, यसमध्ये घुँडा मर्किने, लिगामेन्ट फाट्ने आदि हुन्छ । एउटा अध्ययन अनुसार गम्भीर चोटको कारण खेलाडीहरूको भविष्य नराम्ररी प्रभावित हुन्छ । सम्पूर्ण ऊर्जाका साथ दौडिने, अत्यधिक थकान, डिहाइडे«शनको कारण उनीहरूलाई खुट्टाको समस्या प्रFयः हुने गर्छ । यो ऐंठन निकै दुःखदायी हुन्छ ।

थकान, लिगामेन्ट फाट्ने र मर्किएको आदि निको हुन हप्तौं लाग्न सक्छ । ९० प्रतिशत मामिलामा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here