आजको समयमा अधिकांश व्यक्ति रक्सीसेवन गर्छन् । कसैकसैलाई रक्सी चाँडै लाग्छ भने कसैलाई चाँडै लाग्दैन । जसलाई चाँडै नशा लाग्दैन, उसले सोच्छ कि मेरो इम्युन सिस्टम निकै बलियो छ अथवा मेरो शरीरको क्षमता बढी छ । तर यस्तो होइन । यदि बढी रक्सीसेवन गर्दा पनि तपाईंलाई मात लाग्दैन भने यो खतराको सङ्केत हो ।

रक्सी पिउने क्षमता एक दिनमा विकसित हुँदैन । प्रतिदिन रक्सी पिउनुहुन्छ भने तपाईंको शरीरमा अल्कोहल क्यापिसिटी विकसित हुन थाल्छ । पिउने व्यक्ति पछिल्लोपटक सरह नशा चाहन्छ र बढी पिउन थाल्छ । यसै कारण उसको पिउने क्षमता बिस्तारै–बिस्तारै बढ्दै जान्छ र उसलाई लाग्छ, अब बढी रक्सीसेवन गर्दा पनि नशा लागेको छैन ।

यस्तो गर्दागर्दै रक्सीको लत बस्छ र रक्सीविना जीवन खल्लो लाग्छ । प्रतिदिन रक्सी चाहिन्छ । रक्सी नपाएपछि चिडचिडा हुन्छन् । किनभने शरीर रक्सीको अम्मली भइसकेको हुन्छ । उसले सोच्छ अब रक्सीविना बाँच्न सकिंदैन ।

हाम्रFे शरीरमा एउटा केमिकल हुन्छ, जसको नाम गाबा हो । यसको मतलब गाबा एमिनोबियुट्रिक एसिड । यसबाट शरीरको इन्द्रिय ढङ्गले काम गर्छ ।

लगातार रक्सीसेवनबाट गाबा रिसेप्टर्समाथि नराम्रFे असर पर्छ । जसबाट तनावको स्तर बढ्न थाल्छ । यसै कारण उसले बढी रक्सीसेवन गर्छ । यस केमिकलको असन्तुलनको कारण रक्सी छोड्न सजिलै सक्दैन र यसलाई विथड्रोल सिम्पटम्स भनिन्छ । रक्सी नपाएपछि उसको शरीर काम्न शुरू हुन्छ, पसिना आउँछ, टाउको घुम्न थाल्छ । यस्तो लक्षण देखिएपछि बुझ्नुपर्छ कि उसलाई अल्कोहल विथड्रोल भएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here