अर्थशास्त्रका पेंचिला सिद्धान्त

0
  • विश्वराज अधिकारी

अर्थशास्त्रका विभिन्न पेंचिला सिद्धान्तहरू हामीले अहिले पनि राम्ररी बुझ्न सकेका छैनौं । अर्थशास्त्रका अनेक पेंचिला सिद्धान्तहरू हामीले बुझ्न बाँकी छ । यी सिद्धान्तहरू राम्ररी बुझे मात्र हामी समृद्धिको दिशातर्फ अग्रसर हुन सक्छौं । यी पेंचिला कुराहरू बुझ्न नसके हामी अहिलेको अवस्थमा जस्तै लामो कालसम्म गरीबीको कुचक्रभित्र रुमलिइ रहने छौं ।

नेपालको राजनीतिलाई जहिले पनि आफ्नो वरिपरि चक्कर काट्न लगाउने वामपन्थीहरूले पनि यी पेंचिला सिद्धान्त आफूले पनि राम्ररी बुझेका छैनन् । बाँकी मानिसलाई पनि उचित किसिमले बुझ्न दिएका छैनन् । वामपन्थीहरू यतिसम्म परम्परावादी छन् कि अर्थशास्त्रका परम्परागत धारणाबाट बाहिर आउन सकेका छैन र अहिले पनि सय वर्ष पहिले अर्थशास्त्रप्रति जुन धारणा थियो, उनीहरूले अहिले पनि त्यही धारणाले अर्थशास्त्रलाई हेरिरहेका छन् ।

वामपन्थीहरूको अर्थशास्त्रप्रतिको केही परम्परागत धारणाको यहाँ सङ्क्षिप्त चर्चा गरौं–

पूँजीलाई वामपन्थीहरूले गरीबहरूलाई शोषण गर्ने एउटा औजार मान्दछन् र पूँजीपतिलाई समाजको वर्गीय शत्रु मानेर उनीहरूलाई दलालको संज्ञा दिन्छन् । पूँजीपतिलाई ज्यादै घृणा गर्छन् । वामपन्थी वा समाजवादीहरूको पूँजी एवं पूँजीपतिप्रति रहेको दृष्टिकोण पूर्णतया गलत हो । कसरी ?

जमीन (प्राकृतिक स्रोत), श्रम, पूँजी र सङ्गठनलाई उत्पादनका चार प्रमुख तŒवको रूपमा लिइएको पाइन्छ । कुनै पनि किसिमको वस्तु वा सेवा उत्पादन गर्नका लागि उपरोक्त चार वा यीमध्ये केही अवश्य पनि उपयोग गर्नुपर्छ । अहिलेको आधुनिक अर्थ व्यवस्थमा पूँजीलाई उत्पादनको सर्वाधिक महŒवपूर्ण तŒव मान्ने गरिन्छ । हुनत श्रमलाई उत्पादनको सर्वाधिक महŒवपूर्ण तŒव मान्नेहरूको सङ्ख्या पनि ठूलै छ । केहीको भनाइमा पूँजीले बाँकी अन्य तीन तŒव– श्रम, भूमि र सङ्गठनलाई गतिशीलता प्रदान गर्छ । पर्याप्त पूँजीको अभावमा कुनै पनि देशको अर्थतन्त्र सुस्त हुन पुग्दछ ।

पर्याप्त पूँजीको अभावमा ठूला–ठूला व्यापार स्थापना गर्न सकिंदैन । ठूला–ठूला उद्योग स्थापना गर्न सकिंदैन । ठूलो परिमाणमा वस्तु उत्पादन गर्न सकिंदैन । ठूलो परिमाणमा निर्यात पनि गर्न सकिंदैन । उपरोक्त कार्य ठूलो परिमाणमा गर्न नसकेमा देशभित्र रोजगारको पनि विस्तार गर्न सकिंदैन । बेरोजगारी बढेर जान्छ । नागरिकले रोजगार पाउन कठिन हुन्छ । नेपालमा पूँजीको कमी एवं भएको पूँजीले पनि स्वतन्त्रता एवं सुनिश्चिततापूर्वक काम गर्न नसकेको हुनाले रोजगार बढ्न सकेको छैन ।

यो कारणले गर्दा ठूलो सङ्ख्यामा युवाहरू अहिले रोजगारका लागि खाडीका देशहरूमा पुग्नुपरेको छ । पूँजी र पूँजीपतिहरूप्रति वामपन्थीहरूको शत्रुतापूर्ण दृष्टिकोण भएको हुनाले पूँजीपतिहरूले नेपालमा सुनिश्चित भएर विभिन्न व्यवसायमा ठूलो परिमाणमा दीर्घकालीन रूपमा पूँजी लगानी गर्न सकेका छैनन् । भोलिका दिनमा वामपन्थी नेताहरूले के कस्ता नीति निर्माण गर्ने हुन्, ती नीतिहरूले हाम्रो लगानीलाई के कस्तो प्रतिकूल प्रभाव पार्ने हो जस्ता कुरा सोचेर व्यापारीहरू ठूलो परिमाणमा लगानी (ऋण लिएर भए पनि) गर्न हच्कन्छन् ।

मुनाफा अर्थशास्त्रको महŒवपूर्ण पक्ष हो । अर्थशास्त्रको मुनाफा सिद्धान्तले भन्छ– कुनै पनि किसिमको व्यवसाय गर्नुको मुख्य उद्देश्य मुनाफा आर्जन गर्नु हो । अर्थात् मुनाफालाई केन्द्र मानेर नै व्यवसायका अनेक क्रियाकलापहरू त्यस वरिपरि चक्कर काट्ने गर्छन् । व्यवासीहरूले जति बढी मुनाफा

प्रचलित नियम कानूनभित्र रहेर सामाजिक दायित्व निर्वाह गरी प्राप्त गरेको मुनाफा) गर्न सके सोही अनुसार उनीहरूको पूँजीको आकारमा वृद्धि हुन्छ । उनीहरूको पूँजीको आकारमा भएको वृद्धिले राज्यको पूँजीको आकारमा पनि वृद्धि ल्याउँछ । तर वामपन्तीहरूले व्यवसायी एवं व्यापारीहरूको मुनाफा गर्ने कार्यलाई घृणा गर्दै उनीहरूलाई मुनाफाखोरको संज्ञा दिन्छन् । अर्कोतिर व्यापारीहरूलाई उनीहरूले मुनाफाखोरको संज्ञा दिए तापनि चुनावको बेला तिनै व्यापारीको ढोका ढकढकाउन पुग्छन् । त्यति मात्र होइन, आफ्नो आर्थिक आवश्यकता पनि उनीहरूबाटै पूरा गर्छन् ।

अर्थात् व्यापारीहरूबाट अनेक किसिमका चन्दा सहयोग आदिको बहाना बनाएर घूस लिन्छन् । मुनाफाप्रतिको त्रुटिपूर्ण वामपन्थी दृष्टिकोणले नेपालमा व्यापार विस्तार हुन सकेको छैन । प्रचलित कानूनको पालना गरेर एक व्यापारीले जति पनि मुनाफा गर्न पाउनुपर्छ ।

वामपन्थीहरूको पश्चिमी जगत्लाई हेर्ने दृष्टिकोण पनि गलत छ । अमेरिका र युरोपका धनी राष्ट्रहरूलाई वामपन्थीहरूले साम्राज्यवादी एवं विस्तारवादी भन्दै ती राष्ट्रको कटु आलोचना गर्छन् । ती राष्ट्रसँग सम्बन्ध सुमधुर बनाउने प्रयास गर्दैनन् । अझ अमेरिकालाई त संसारभरिका वामपन्थीहरूले शत्रु नै ठान्छन् । अमेरिकासँग बलियो व्यापारिक सम्बन्ध कायम गरेर बढीभन्दा बढी आर्थिक फाइदा लिन सकिन्छ भन्ने तथ्य अस्वीकार गर्दै राम्रो व्यापारिक औसर गुमाउन सदा तत्पर रहन्छन् । अर्कोतिर अमेरिकाजस्तो बलियो अर्थ व्यवस्था भएको मुलुकसँग राम्रो सम्बन्ध कायम गरेर अनेक मुलुकले ठूलो फाइदा लिइरहेका छन् । उदाहरणका लागि विश्वमा नै उदाउन थालेको अर्थतन्त्रको संज्ञा पाएको बङ्गलादेशले ठूलो परिमाणमा सामानहरू अमेरिका निर्यात गर्छ । अमेरिका बङ्गलादेशको लागि एउटा भरपर्दो बजार हुन पुगेको छ । अमेरिका बङ्गलादेशको लागि राम्रो आम्दानी दिने तथा भरपर्दो बजार हुन सकेकोले यस देशले कपडा उद्योगले दक्षिण एशियामा नै चमत्कारी किसिमले विकास गरेको छ ।

चीन, जसले बेलाबेलामा अमेरिकासँग सम्बन्ध अमिलो पार्छ, ठूलो परिमाणमा आफ्ना अनेक सामान अमेरिका निर्यात गर्छ । अमेरिका, आफूले अङ्गीकार गरेको सिद्धान्तभन्दा विपरीत राजनीतिक सिद्धान्त भएको मुलुक हो भन्ने यथार्थ चीनलाई राम्ररी बोध भए तापनि चीनले अमेरिकाबाट ठूलो व्यापारिक फाइदा लिइरहेको छ । हो यस्तै ‘स्मार्ट आइडिया’ को व्यावहारिक प्रयोग गरेर चीनले द्रुततर गतिमा आर्थिक विकास गरिरहेको छ । चीनलाई अमेरिकाको राजनीतिक सिद्धान्तसँग सरोकार छैन, सरोकार छ भने अमेरिकासँग व्यापार गर्दा कति बढी मुनाफा प्राप्त गर्न सकिन्छ भन्ने विषयसँग छ ।

अहिलेको यो अति वैश्य युगमा दुई देश बीचको व्यापारमा राजनीतिक सिद्धान्त होइन आर्थिक फाइदा हेर्ने गरिन्छ । तर नेपालका वामपन्थीहरूलाई देशको आर्थिक विकास होइन, केवल राजनीतिक सिद्धान्तप्रति चासो छ ।

एक अर्को फरक प्रसङ्गमा, अमेरिकामा अहिले करीब तीन लाख नेपालीले अस्थायी एवं स्थायी बसोवास गरिरहेको अनुमान गरिएको छ । अमेरिकामा बस्ने नेपालीहरूले निकै ठूलो परिमाणमा स्वदेशतर्फ रेमिट्यान्स पठाइरहेका छन् । अर्को किसिमले भन्ने हो भने अमेरिकाले अहिले लाखौं नेपालीहरूलाई राम्रो आय हुने रोजगार दिएको छ । तर नेपालका वामपन्थीहरूले अमेरिकालाई विस्तारवादी भन्दै अमेरिकालाई शत्रुको रूपमा देख्छन् । अमेरिकाले नेपालमा सेना पठाउँदै छ भनेर आफ्नो फाइदाका लगि भ्रमको खेती गर्छन् ।

नेपालको अर्थ व्यवस्थमा खासै महŒवपूर्ण योगदान नपु¥याएको चीन र विशेषगरी रूसलाई नेपालका वामपन्थीहरूले आफ्नो घनिष्ठ मित्र (राष्ट्र) ठान्छन् र तिनको हरेक कार्यको समर्थन गर्छन् । युक्रेनमा रूसले आक्रमण गर्नुलाई उचित ठान्छन् र अमेरिकाले युक्रेनलाई रूसविरुद्ध उक्स्याएको भनी प्रचार गर्छन् । तर यो कार्य गरेर नेपालीलाई के आर्थिक फाइदा वा क्षति हुन्छ त्यसतर्फ विचार भने गर्दैनन् ।

ठूलो सङ्ख्यामा नेपालीहरूको अमेरिकामा बसोवास छ । भोलिका दिनमा युक्रेनमा हुने रूसी आक्रमणले निरन्तरता पाएमा र त्यो कारणले अमेरिकामा मूल्य वृद्धि भएमा, नेपालीहरूले अमेरिकाबाट स्वदेश पठाउने रेमिट्यान्समा पनि कमी आउन सक्छ । यस्तो पेंचिलो कुरा नेपालका वामपन्थीहरूले किन नबुझेको होला ? युक्रेन युद्धको प्रभावले गर्दा अमेरिकामा अहिले ४० वर्ष यता १० देखि १५ प्रतिशतले मूल्य वृद्धि भएको छ । अमेरिका विश्वको नै ‘पावर हाउस’ भएकोले उसलाई पर्ने असरले विश्वका अनेक राष्ट्रलाई प्रभाव पर्न सक्छ, उदाहरणको रूपमा बङ्गलादेश र चीनलाई लिन सकिन्छ ।

युक्रेन युद्धले नेपालको अर्थ व्यवस्थालाई पनि असर पार्ने हुनाले नेपालका वामन्थीहरूले रूसको विरोध गर्नुपर्ने होइन र ? युक्रेनमाथि सर्वप्रथम रूसले नै हमला गरेको हो । युक्रेनले रूसमाथि हमला गरेको  होइन ।

नेपालमा तेलको मूल्य बढ्यो । तेलको मूल्य बढ्नासाथ अन्य वस्तु एवं सेवाहरूको मूल्य पनि बढ्ने छ । नेपालमा समेत मूल्य वृद्धिको स्थिति ल्याउनमा युक्रेन युद्धको प्रत्यक्ष भूमिका छ । यस्तो स्थितिमा नेपालका वामपन्थीहरूले रूसको विरोध गर्नुपर्ने होइन र ?

आफ्नो राष्ट्रको आर्थिक विकासका लागि अवसरहरूको खोजी गर्नु, तिनको प्रयोग गर्नु र कुशल प्रयोगबाट राम्रो लाभ प्राप्त गर्नु नै अहिलेको अति वैश्य युगमा महŒवपूर्ण कुरा हो । यो अति वैश्य युगमा सिद्धान्तको पछि लागेर केही हासिल हुनेवाला छैन । अव्यावहारिक सिद्धान्तले परिवार र राष्ट्रलाई गरीब मात्र बनाउँछ । त्यसकारण दलाल पूँजीपति, सामन्त, विस्तारवादी, साम्राज्यवादी, मुनाफखोरजस्ता शब्द प्रयोग गर्नुको साटो कुन देशबाट कति आर्थिक फाइदा लिएर आफ्नो देश र जनतालाई समृद्धि दिन सकिन्छ, वामपन्थी र त्यस्तै विचार राख्ने अन्य नेताहरूले पनि
सोच्नुपर्छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here