बलिराम शुक्ला, बिरुवागुठी २० पुस/
अत्यधिक चीसो र शीतलहरका कारण पर्साको ग्रामीण भेगको जनजीवन कष्टकर बन्दै गएको छ।
बाक्लो हुस्सु र शीतलहरले चीसो बढेपछि ग्रामीण भेगमा आगो बाल्ने व्यवस्था गरिएको छ। चीसोको कारण दैनिक ज्यालादारी गर्ने मजदूरहरू मर्कामा परेका छन् भने बालबालिका तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा समस्या भएको छ।
पर्सागढी नगरपालिका, स्वास्थ्य शाखाका निमित्त प्रमुख उमेशप्रसाद साहले बालबालिका र ज्येष्ठ नागरिकहरूलाई रुघाखोकी, दम, पक्षघात, निमोनियाजस्ता रोगहरूले सताउन थालेको बताए। उनले यसबाट बच्न न्यानो कपडा लगाउने, मनतातो पानी पिउने, झोलिलो पोषणयुक्त खाना खाने र घरबाट बाहिर अनावश्यक ननिस्किन सुझाव दिएका छन्।
चीसोका कारण बडनिहार, मनवा, रङ्गपुर, श्रीपुर, डोकैला बजारमा चहलपहल घटेको छ।