आजभोलि सिमेन्ट, इँट र डन्डीको प्रयोगबाट घर, भवन बन्छ । सिमेन्ट र इँटको जीवनचक्र ६०–७० वर्षको हुन्छ अतः यो बनेको ३०–४० वर्षपछि नै क्षय हुन थाल्छ ।
पहिलेको पक्की घर वा किल्ला मुख्यतः ढुङ्गाबाट बनाइन्थ्यो । ग्रेनाइटको चट्टान काटेर पत्थर सुन्दर कलाकृतिमा गढ्ने गरिन्थ्यो । यसलाई जोड्नको लागि चुना, पत्थर, चिल्लो माटो, तताएको मासको दाल वा भातको माड स्थानीय स्तरमा जुन सस्तो र सजिलै उपलब्ध हुन्छ, त्यसको प्रयोग गरिन्थ्यो जस्तै चीनको ग्रेटवालमा भातको माड प्रयोग भएको थियो ।
साथै निर्माणको समय स्थानीय परिस्थितिलाई पूर्ण ख्याल गरिन्थ्यो । त्यति बेला नक्कललाई वरीयता दिइँदैन्थ्यो । आजभोलि काँचको प्रयोग बढेको छ । तातो जलवायु भएको देशको लागि काँच उचित होइन, यो चीसो देशको लागि हो । ढुङ्गाको काल हजारौं वर्षदेखि थियो र आजसम्म पनि त्यस्ता महल उभिएका छन् ।