बाज करीब ७० वर्ष बाँच्छ, तर आफ्नो जीवनको चालीस वर्ष पुग्दा–नपुग्दै एउटा महŒवपूर्ण निर्णय लिन्छ । त्यस अवस्थामा उसको शरीरको तीन प्रमुख अङ्ग निष्प्रभावी हुन थाल्छ । पहिलो, पञ्जा लामो र लचिलो हुन्छ, जसको कारण शिकारमा पकड बनाउन अक्षम हुन्छ । दोस्रो, चुच्चो अगाडितर्फ मोडिन्छ र भोजन निल्न व्यवधान उत्पन्न गर्छ र तेस्रो, पखेटा भारी हुन्छ र छातीमा टाँसिएको कारण पूरा खुल्न सक्दैन, उडान सीमित हुन्छ ।
भोजन खोज्ने, समात्ने र खाने तीन प्रक्रियाले आफ्नो धार गुमाउन थाल्छ । बाजसँग तीन विकल्प रहन्छ– देह त्याग्ने, आफ्नो प्रवृत्ति छाडेर गिद्धसरह त्यक्त भोजनमा निर्वाह गर्ने वा फेरि स्वयंलाई पुनस्र्थापित गरी आकाशमा निद्र्वन्द्व एकाधिपत्य जमाउने । दुई विकल्प सरल र त्वरित छ भने तेस्रो विकल्प अत्यन्त पीडादायी र लामो हुन्छ ।
बाजले पीडा रोज्छ र स्वयंलाई पुनस्र्थापित गर्छ । बाज कुनै अग्लो पहाडमा पुग्छ, एकान्तमा आफ्नो गुँड बनाउँछ अनि प्रारम्भ गर्छ, आफ्नो पुनस्र्थापन क्रिया । सबैभन्दा पहिले उसले आफ्नो चुच्चोलाई चट्टानमा हिर्काएर भाँच्छ । पक्षीराजका लागि चुच्चो भाँच्नुभन्दा बढी पीडादायक अन्य केही होइन । त्यसपछि उसले चुच्चो पलाउने प्रतीक्षा गर्छ ।
त्यसपछि उसले आफ्नो पञ्जालाई पनि त्यस प्रकार तोड्छ र प्रतीक्षा गर्छ, त्यो फेरि पलाओस् । नयाँ चुच्चो र पञ्जा पलाएपछि उसले आफ्नो भारी पखेटाको प्वाँखलाई एक/एक गर्दै भुत्लाएर निकाल्छ र प्वाँख पलाउने प्रतीक्षा गर्छ । १५० दिनको पीडा र प्रतीक्षापछि उसले पुनः त्यही भव्य र उच्च उडान पाउँछ । यस पुनस्र्थापनापछि ऊ ३० वर्ष बाँच्छ ऊर्जा, सम्मान र गरिमाका साथ ।
हामी मनुष्यको जीवन पनि यस्तै हो । चालीस वर्षपछि हाम्रो व्यक्तित्व खुकुलो हुन्छ, अर्धजीवनमा जीवन समाप्त प्रायः लाग्छ । उत्साह, आकाङ्क्षा, ऊर्जा अधोगामी हुन पुग्छ । तर हामीसँग पनि कैयौं विकल्प छ । पहिलो विकल्प, आफ्नो जीवनको विवशताले भरिएको अति लचिलोपन त्यागेर नियन्त्रण देखाउनुपर्छ । दोस्रो, हामीले पनि आलस्य उत्पन्न गर्ने वक्र मानसिकता त्यागेर ऊर्जावान् सक्रियता देखाउनुपर्छ । तेस्रो, भूतकालमा जकडिएको अस्तित्वको भारीपनलाई त्यागेर कल्पनाको उन्मुक्त उडान गर्नुपर्छ ।