इस्लामाबाद, ३ असोज/सिन्ह्वा

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले अफगानिस्तानको अवस्थाका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हँुदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरूका लागि पनि यहाँका तालिबानहरूसँग सम्पर्कमा रही रहन आग्रह गरेको हो ।

हाल इस्लामाबादको भ्रमणमा रहेका शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्च आयुक्त फिलियो ग्रान्डीले अफगानिस्तानमा मानवीय सहायताको खाँचो रहेको बताए । उनले भने– हामी पनि अफगानिस्तानमा मानवीय सहायताको कामका लागि अहिले संलग्न भइरहेका छौं र अरू पनि विश्व समुदाय यहाँको अवस्थाका बारेमा जानकार रहने र आवश्यक सहयोगका लागि लाग्नुपर्ने बताए ।

हाल अफगानिस्तानको आन्तरिक प्रशासनसँग संलग्न भएर आफूहरूले काम गरेको धारणा उनले राखे । उनले अफगानिस्तानमा अहिले पनि ठूलो सङ्ख्याका महिला तथा बालबालिकाका लागि सहायताको खाँचो परेको बताए ।

यसका लागि विश्व समुदाय चनाखो नहुने हो भने यहाँको अवस्था झन् बिग्रँदै जाने पनि उनले बताए । अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो छ, यहाँका नागरिकलाई खाना, औषधि, बास तथा अन्य सबै चिज चाहिएको छ, उनले भने ।

उनका अनुसार यहाँको आर्थिक अवस्था झन् नाजुक भएको पनि उनले बताए । यहाँ आर्थिक सङ्कट आइसकेको जानकारी उनले दिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here