भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित

0
23

नयाँ दिल्ली, ३ असोज/एएनआई

भारतमा कोरोना भाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीले आइतवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना सङ्क्रमित भएका हुन् । भारतमा ८४ दिनयता दैनिक सङ्क्रमितको सङ्ख्या ५० भन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण ३०९ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैसँगै यहाँ कोरोना शुरू भएदेखि हालसम्म यसको सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको कुल सङ्ख्या ४ लाख ४४ हजार ८८३ जना पुगेको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ३२ हजार १५८ रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ । यो सङ्ख्या हाल भारतमा रहेको कुल कोरोना सङ्क्रमितको ०.९९ प्रतिशत हो । एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

त्यसैगरी, अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड २६ लाख ७१ हजार १६७ पुगेको छ । गत शनिवारसम्ममा भारतका ५५ करोड २३ लाख ४० हजार १६८ जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये १५ लाख ५९ हजार ८९५ जनाको शनिवार एकै दिनमा परीक्षण गरिएको हो ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो । सो समयबाट हालसम्म ८० करोड ४३ लाख ७२ हजार ३३१ मात्रा खोप लगाइएको सरकारी तथ्याङ्क रहेको छ ।

बङ्गलादेशमा ५० लाख कोरोनाविरुद्धको चिनियाँ खोप पुग्यो

ढाका/सिन्ह्वा

बङ्गलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ । सो खोप शनिवार बङ्गलादेश पुगेको बताइएको छ । चिनियाँ कम्पनी सिनोफार्मद्वारा निर्माण गरिएको सो खोप चीनको सहयोगमा बङ्गलादेश पुगेको बताइएको हो । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मैदुल इस्लाम प्रोधानले सो कुराको जानकारी दिए ।

प्रवक्ता मैदुलले भने– शनिवार बङ्गलादेशको राष्ट्रिय एयरलाइन्स विमान बङ्गलाबाट अपराह्न दुई बजे ५० लाख मात्रा खोप बङ्गलादेश आइपुगेको छ । चीन सरकारसँग भएको महामारी विरुद्धको लडाइँमा सहयोगस्वरूप बङ्गलादेशले सो खोप प्राप्त गरेको हो । चीन सरकारले बङ्गलादेशलाई यसअघि पनि खोप सहयोग गरेको थियो ।

बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म बङ्गलादेशले चीनबाट करीब २ करोड ५० खोप सहयोग गरेको छ । यी सबै चीनले अनुदानस्वरूप बङ्गलादेशलाई उपलब्ध गराएको खोप भएको पनि बताइएको छ ।

अस्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै

मेलबर्न/एएफपी

सरकारी लक्ष्य अनुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्याप पूरा भएमा अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ ।

मेलबर्न शहरमा करीब ५० लाख मानिस गत अगस्त ५ देखि घरमैं बस्न आदेश दिइएको थियो। कोरोना महामारीको क्रममा मेलबर्न शहरमा यो छैटौंपटकको लकडाउन हो ।

मेलबर्न पनि सामेल रहेको भिक्टोरिया राज्यका अधिकारीले लकडाउन हटाइने घोषणा गरेको जनाइएको छ ।

लकडाउन समाप्त हुनेछ र अत्यावश्यक कामका लागि तपाईंले घर छोड्न पाउने र कफ्र्यू अब रहनेछैन, केही प्रतिबन्ध भने बाँकी रहनेछन्, मेलबर्नका एक स्वास्थ्य अधिकारीले बताएका छन् ।

लकडाउन समाप्त हुने र सीमित कारणका लागि घर छोड्नुपर्ने र कफ्र्यूको अवस्था अब नरहने पनि ती अधिकारीले जनाएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here