शरीरको लम्बाइसँग रोगको सम्बन्ध

0
28

मनुष्यमा हुने रोग र लम्बाइको बीच सम्बन्ध हुन्छ । वैज्ञानिकले आफ्नो अध्ययनमा दाबी गरे अनुसार अग्लो महिलालाई क्यान्सर हुने खतरा बढी हुन्छ भने कम लम्बाइ भएका महिलाहरूमा प्रि–मैच्योर डिलेभरीको आशङ्का रहन्छ ।

त्यस्तै, कम लम्बाइ भएका पुरुष समयभन्दा पहिले तालुखुइले हुने खतरा रहन्छ भने लामा पुरुषमा रगतको थक्का जम्ने खतरा रहन्छ । स्वास्थ्यको दृष्टिकोणबाट लम्बाइको आफ्नै फाइदा र नोक्सान छन् ।

अक्सफोर्ड विश्वविद्यालय इङ्गल्यान्डका अनुसार ५ फिट ९ इन्चभन्दा बढी लम्बाइ भएका महिलामा क्यान्सरको खतरा ३३ प्रतिशतसम्म हुन्छ । लम्बाइले शरीरमा यस्ता हार्मोनहरूको स्तर बढाउन सक्छ, जसले ट्युमर जन्माउँछ ।

जर्मन इन्स्टिच्युट अफ ह्युमन न्युट्रिशन अनुसार कम लम्बाइ भएकाहरूमा कलेजामा बोसो जम्नु, रक्तचाप र सुजन जस्ता खतरा हुन्छ भने लम्बाइ बढी भएपछि ४० प्रतिशतसम्म जोखिम घट्छ किनभने यसमा ग्लुकोजको प्रोसेसिङ राम्ररी हुन्छ ।

युनिभर्सिटी अफ हेलसिन्की, फिनल्यान्ड अनुसार कम लम्बाइ भएका व्यक्तिमा हृदयरोगको खतरा ५० प्रतिशतसम्म बढी हुन्छ । उनीहरूको कोरोनरी आर्टरी छोटो हुन्छ, जसले गर्दा चाँडै ब्लकेज बन्छ । पछिल्लो २० वर्षमा दुई हजारभन्दा बढी अध्ययनमा लम्बाइ र हृदयरोगको बीच सम्बन्ध भेटिएको छ ।

माल्मो युनिभर्सिटी हस्पिटल स्वीडेनका अनुसार बढी लम्बाइ भएका व्यक्तिमा रगतको थक्का जम्ने खतरा बढी हुन्छ । लम्बाइ बढी भएको व्यक्तिमा रक्त सञ्चारको लागि लामो दूरी तय गर्नुपर्छ, यसैले खतरा पनि बढी हुन्छ । यस्ता व्यक्तिमा बढीजसो शरीरको तल्लो भाग जस्तै खुट्टामा रगतको थक्का जम्ने जोखिम बढी हुन्छ ।

डाइम्स प्रि–मैच्योरिटी रिसर्च सेन्टर ओहियो अनुसार ५ फिटभन्दा कम लम्बाइ भएका महिलामा प्रि–मैच्योर डिलेभरीको खतरा बढी हुन्छ । वैज्ञानिकका अनुसार बढी लम्बाइ भएका महिलाका अङ्गको आकार ठूलो हुने भएकाले यस्तो खतरा रहँदैन भने कम लम्बाइ भएका महिलामा पेल्भिस वा बच्चादानी छोटो भएकाले समयभन्दा पहिले प्रसूति हुन सक्छ ।

बोन युनिभर्सिटी जर्मनी अनुसार लम्बाइ कम छ भने समयभन्दा पहिले तालुखुइले हुने खतरा बढी हुन्छ । कारण बुझ्न वैज्ञानिकले २० हजारभन्दा बढी पुरुषको जिनमाथि अध्ययन गरेका थिए । वैज्ञानिकले तालुखुइलेको कारण शरीरमा हुने बदलाव र बिमारीलाई बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here