प्रस, वीरगंज, २८ भदौ/

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सहयोगमा एक्शन एड नेपाल र दिव्य युवा क्लब पर्साद्वारा नारायणी अस्पताललाई चार थान र पकाहामैनपुर गाउँपालिका–३ स्थित स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सेन्टे«टर हस्तान्तरण गरिएको छ । सोमवार वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीलाई अक्सिजन कन्सेन्टे«टर सहयोग गरिएको हो ।

कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वीरेन्द्रबहादुर प्रधानले कोभिड महामारीको समयमा अक्सिजन कन्सेन्ट्रेटरले धेरै नै सहयोग पु¥याएको बताए ।

नगरप्रमुख सरावगीले वीरगंज महानगरपालिका कोभिड सङ्क्रमण रोकथाम गर्न पूर्णरूपमा तयार रहेको बताए ।

कार्यक्रममा अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंह, स्ट्यान्डर्ड चार्टर्ड बैंक वीरगंज शाखाका प्रबन्धक जयप्रकाश प्रसाद, दिव्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुर, पकाहा मैनपुर स्वास्थ्य चौकीका प्रमुख राजीवकुमार कर्णलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here