काठमाडौं, २७ भदौ/रासस
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार उच्च अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से ७१.४३ अङ्कले बढेर दुई हजार ९४७.४२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३.०३ बिन्दुले बढेर ५४८.२९ मा पुगेको छ । कुल २३१ कम्पनीको एक करोड ७१ लाख ३३३ कित्ता शेयर रु नौ अर्ब ४४ करोड ३५ हजार २४४ मूल्यमा खरीद–बिक्री भए ।
कारोबार भएका १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै ०.०५ बिन्दुले ओरालो लागेको छ । बैंकिङ २४.२, व्यापार ४२, होटल तथा पर्यटन ७७.४८, विकास बैंक २७२.५२, जलविद्युत् २१३.५४, वित्त ११४.९७, निर्जीवन बीमा ४२४.७७, उत्पादन २९९.६९, अन्य १८.२२, लघुवित्त ११३.६५, जीवन बीमा २९७.७१ र लगानी २.३५ बिन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७३ करोड ७७ लाख आठ हजार ६८५ बराबरको कारोबार भयो । युनाइटेड मोदी रु ४५ करोड ११ लाख १७ हजार २२९, अपि पावर कम्पनी रु ३१ करोड ५१ लाख ६४ हजार २३६, नेशनल हाइड्रोपावर रु २९ करोड ३४ लाख ७७ हजार २२३ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु २५ करोड ७२ लाख १३ हजार १७४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।