एउटा नयाँ अध्ययनले भनेको छ– जुन व्यक्तिको निधारमा गहिरो मुजा (रिंकल्स) हुन्छ उनीहरूमा मुटुरोगबाट मर्ने खतरा बढी हुन्छ । फ्रान्सको विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार निधारको गहिरो रेखामा हाम्रो नजर यसकारण पुग्यो किनभने यो सजिलै देखिन्छ । यदि यो सम्भव हुन्छ भने कसैको अनुहार हेरेर पहिचान गर्न सकिन्छ उसलाई कुनै रोग हुने खतरा छ कि छैन यसबाट डायग्नोसिस सजिलो हुनेछ ।
फ्रान्सको होस्पिटेलियर युनिभर्सिटीका एसोसिएट प्रोफेसर योलान्ड एस्क्विरोलले भने– “मेरो यस निष्कर्षमा लाइफस्टाइलमा भइरहेको परिवर्तन पनि सामेल छ । मानिस बढी कसरत गरिरहेका छन् र स्वस्थ खाना खाइरहेका छन् । यदि तपाईंलाई मुटुरोग हुने शङ्का छ भने रक्तचाप नियमित चेकजाँच गर्नुस् । साथै लिपिड प्रोफाइल र ब्लड सुगर लेभल चेक गराउनुपर्छ । सुझावको आधारमा जीवनशैलीमा परिवर्तन गर्नुपर्छ ।
मुटुरोगको खतरा उमेर वृद्धिसँगै बढ्छ । तर औषधि र स्वस्थ जीवनशैली अपनाएर यसलाई टाल्न सकिन्छ । अध्ययनमा युनिभर्सिटीले ३२ सय कुशल कामदारलाई सामेल गरेको थियो । ती प्रतिभागीहरूको उमेर ३२, ४२, ५२, ६२ थियो, सबैलाई फिजिसियनले चेक गरे र उनीहरूको निधारमा आउने रेखालाई हेर्दै उनीहरूको हिसाबले स्कोर दिए । शून्य स्कोरका मतलब थियो निधारमा हुनै चिह्न छैन र ३ को अर्थ थियो निकै धेरै ।
अध्ययन २० वर्षसम्म चल्यो । यस दौरान २३३ व्यक्तिको विभिन्न कारणबाट ज्यान गयो । यसमा १५.२ प्रतिशतको २ वा ३ स्कोर थियो अर्थात् निधारमा धेरै चिह्न थियो । ६.६ प्रतिशतको १ स्कोर थियो र २.१ प्रतिशतको कुनै रिंकल थिएन । शोधकर्ताका अनुसार जुन व्यक्तिको १ स्कोर थियो, उनीहरूको मुटुरोगबाट मर्ने सम्भावना ० स्कोरभन्दा बढी थियो भने जसको स्कोर २ वा ३ थियो उनीहरूको हृदयरोगबाट मर्ने जोखिम १० गुना बढी थियो । यस आधारमा यो निष्कर्ष निकालिएको छ– बढी रिंकल भएका व्यक्तिमा मुटुरोगबाट मर्ने खतरा बढी रहन्छ ।
–प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)