जनकपुरधाम, १० भदौ/रासस
प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई रु पाँच लाख आर्थिक सहयोग गरेको छ।
मुख्यमन्त्री लालबाबू राउत गद्दीले पीडित साह घाइते भएकै बेला घोषणा गरेबमोजिम आज रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्। सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साहको समेत सहभागिता थियो।