नयाँ दिल्ली, १० भदौ/एएनआई

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ।

यसअघि गत सोमवार दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिनपछिकै सबैभन्दा कम भएकोमा अहिले फेरि बढेको हो।

सरकारी अधिकारीले गत सोमवार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित भएका थिए। तर बिहीवार सार्वजनिक गरिएको विवरणमा भने ४६ हजार १६४ नयाँ सङ्क्रमित थपिएको उल्लेख छ।

मृतकको सङ्ख्या पनि अहिले बढेको छ। पछिल्लो एक दिनमा ६०७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन्। गत सोमवार ३८९ जनाको मृत्यु भएको थियो।

महामारीबाट पछिल्लो समय सबैभन्दा बढी केरला राज्य बढी प्रभावित भएको छ। केरलामा मात्रै ३१ हजार ४४५ जना नयाँ सङ्क्रमित थपिएका छन्। त्यसैगरी, केरलामा पछिल्लो एक दिनमा २१५ जनाको मृत्यु भएको छ।

केरलामा अहिले एक लाख ७० हजार २९२ जना सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २५ लाख ५८ हजार ५३० जना रहेका छन्। तीमध्ये तीन लाख ३३ हजार ७२५ जना सक्रिय सङ्क्रमित रहेका छन्।

भारतमा अहिलेसम्म तीन करोड १७ लाख ८८ हजार ४४० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। तीमध्ये ३४ हजार १५९ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका

हुन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here