काठमाडौं, ३ भदौ/रासस
मनसुनी वायुको प्रभावले अझै तीन दिन देशका अधिकांश स्थानमा वक्र्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनी वायुको प्रभावसँगै न्यूनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङ्गालको खाडीको उत्तर–पश्चिमी भागमा निम्नचापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वक्र्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनँका अनुसार मौसम सफा भई घाम लाग्न अझै केही समय लाग्नेछ । हाल गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वक्र्षा भइरहेको छ ।
दिउँसोे देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वक्र्षाको सम्भावनाका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुर्ई स्थानमा मेघगर्जनसहित भारी वक्र्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।