वीरगंजमा अखिलले अध्यादेश जलायो

0

प्रस, वीरगंज, ३ भदौ/

सरकारले ल्याएको अध्यादेशको विरुद्धमा बिहीवार वीरगंजमा नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, पर्सा, अखिल र खेलकूद महासङ्घले विरोध प्रदर्शन र अध्यादेश जलाएको छ ।

राष्ट्रिय युवा सङ्घले विपी उद्यानमा रहेको लालबङ्गलाबाट विरोध ¥याली निकालेर नगरपरिक्रमा गरी घण्टाघरमा विरोधसभा गरेको थियो । विरोधसभामा युवा सङ्घका तेजप्रकाश निक्षाद, सुवास साह, सन्तोक्ष पासवानले अध्यादेश जारी गरेर पार्टी फुटाउने र देशलाई अराजकतातर्फ धकेलेको आरोप लगाए । उनीहरूले यसअघिका प्रधानमन्त्रीले सोही अध्यादेश जारी गर्दा विरोध गर्नेहरूले सरकारमा पुगेपछि अध्यादेश जारी गरेकोमा आपत्ति जाहेर गरे । सरकारले राष्ट्रिय हितका विक्षयमा चुप बसेको र सत्ता टिकाउने दाउपेचमा मात्र लागेको उनीहरूको आरोप थियो ।

विरोधसभामा युवा सङ्घका मोहमद निजाम, रवि गुप्तालगायतको सहभागिता थियो भने सहजीकरण युवा सङ्घ पर्साका अकलेश साहले गरेका थिए ।

यसैगरी, अखिल र खेलकूद महासङ्घको आयोजना साँझ ठाकुर राम बहुमुखी क्याम्पसअगाडिबाट विरोध ¥याली निकालेर माईस्थानमा अध्यादेश जलाइएको थियो । खेलकूद महासङ्घ पर्साका उपमहासचिव शिवजी गुप्ताको अगुवाइमा भएको कार्यक्रममा अजित साह, हेमन्त तामाङ, अकलेश साहलगायतको सहभागिता थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here