चाँदीको गहनासहित एकजना पक्राउ

0

प्रस, वीरगंज, ३ भदौ/

प्रहरी चौकी इनर्वाले बिहीवार बिहान ६ किलो १६८ ग्राम चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

वीरगंज महानगर–१६ शङ्कराचार्यद्वारमा रक्सौलबाट वीरगंजतर्फ पैदल आइरहेका बारा जिल्ला प्रसौनी गाउँपालिका–६ बस्ने ६० वक्र्षीय नागेन्द्र साह सोनारलाई चेकजाँच गर्दा निजबाट ६ किलो १६८ ग्राम चाँदीको जस्तो देखिने धातुबाट बनेका तयारी गहना बरामद भएको जिप्रका, पर्साले जनाएको छ ।

पक्राउ परेका सोनारलाई राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको जिप्रका, पर्साले बताएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here