• विश्वराज अधिकारी

कुनै समय चीनमा ठूलो गरीबी थियो । करोडौं व्यक्ति बेरोजगारी थिए । केही दशक पहिलेसम्म पनि विश्व अर्थ व्यवस्थमा चीनको कुनै हैसियत थिएन । सन् १९८० भन्दा पहिले चीन विश्व अर्थ व्यवस्थबाट अलग थियो । छुट्टिएको अवस्थामा थियो । तर सन् १९८० पछि चीनले क्रमिक आर्थिक प्रगति गर्न प्रारम्भ ग¥यो । र गएको ३०–४० वक्र्षभित्र संयुक्त राज्य अमेरिकापछि चीन विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था हुन पुग्यो ।

जापान, जर्मनी, संयुक्त अधिराज्य, फ्रान्सजस्ता विश्व आर्थिक महाशक्तिहरूलाई उछिनेर चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न पुगेको छ । सन् २०२१ को तथ्याङ्क अनुसार जापान, जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स, भारत, इटाली, ब्रजील, क्यानाडा क्रमशः विश्वका तेस्रो, चौथो, पाँचौ, छैठौं, सातौं, आठौं, नवौं र दशौ ठूला अर्थतन्त्र हुन् ।

चीनको कुल गार्हस्थ्य उत्पादन विश्वको एक नम्बर आर्थिक महाशक्ति संयुक्त राज्य अमेरिकाको हाराहारीमा पुग्न थालेको छ । अमेरिकाको कुल गार्हस्थ्य उत्पादन २०.४९ ट्रिलियन डलर छ भने चीनको १३.४ ट्रिलियन डलर छ । चीनले कसरी चमत्कारी किसिमले आर्थिक प्रगति ग¥यो? चीनको अर्थतन्त्रलाई के कस्ता कुराहरूले प्रगतिको सर्वाधिक उच्च शिखरमा पु¥याए । आउनुहोस् ती तŒवको खोजी र चर्चा गरौं जसले चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र तुल्यायो ।

हुन त अर्थशास्त्री एवं विज्ञहरू चीनमा चमत्कारी किसिमले आर्थिक प्रगति हुनुको कारण नेता देङ सियायो पिड्ढो उदयलाई मान्दछन् । देङले सर्वप्रथम चीनको राजनीतिमा आफूलाई सर्वाधिक शक्तिशाली तुल्याए । त्यसपछि उनले माओ त्सेतुङले चीनको अर्थतन्त्रलाई टाउको तल र खुट्टा माथि गरेको स्थितिबाट सुधार गरेर खुट्टा तल, टाउको माथि पारे । देङले चीनको अर्थ व्यवस्थालाई ठीक स्थानमा ल्याए ।

देङले चीनमा अनेक किसिमका आर्थिक सुधारहरू गरे। बन्द अर्थ व्यवस्थमा रहेको चिनियाँ अर्थतन्त्रलाई खुला बजार वा बजार अर्थ व्यवस्थमा लगे । र सवार्धिक महŒवपूर्ण कार्य देङले चीनको अर्थ व्यवस्थालाई विश्व अर्थ व्यवस्थासँग जोडे । देड्ढो उदार आर्थिक नीतिले गर्दा चीनका सामानहरू अहिले विश्वका अनेक मुलुकमा पाउन सकिन्छ, त्यो पनि अति सस्तो मूल्यमा ।

चीनको आर्थिक प्रगति चमत्कारी किसिमले हुनका लागि अनेक तŒवले पनि काम गरेका छन्, तर ती चर्चामा छैनन् । ती तŒवले चीनलाई तीव्र गतिमा आर्थिक प्रगति गर्न सहयोग पु¥याए। जसरी गहिरो र होचो सतहले खोलालाई बग्न सहयोग पु¥याउँछ त्यसैगरी चीनमा देखिएका ती तŒवहरूले चीनको आर्थिक प्रगति तीव्र बनाउन सहयोग पु¥याए । अर्थात् देड्ढा उदार अर्थनीतिका सूत्र क्रियाशील बनाउन ती तŒवहरूले भरपूर सहयोग गरे । ती तŒवहरूको भरपूर सहयोग नभएको भए देड्ढो उदार आर्थिक नीतिले काम गर्न कठिन हुन्थ्यो र चीनले अहिलेझै तीव्र गतिमा आर्थिक प्रगति गर्ने थिएन । अर्थात् कुनै पनि आर्थिक नीतिले, त्यो नीति जतिसुकै राम्रो भए पनि, राम्ररी काम गर्न देशको धार्मिक, सामाजिक, राजनीतिक, सांस्कृतिक व्यवस्था पनि अनुकूल हुन आवश्यक छ ।

चीनमा रहेका यी तŒवहरूले वा यी स्थितिहरूलाई चीनलाई तीव्र गतिमा आर्थिक प्रगति गर्न सहयोग गरेको देखिन्छ ।

धार्मिक कट्टरता नहुन

पाकिस्तान, भारत, इरान, अफगानिस्तानजस्ता देशहरूमा धार्मिक कट्टरता भएझैं चीनमा धार्मिक कट्टरता छैन । कम्युनिस्ट समाजमा हुर्केका चिनियाँहरूमा धर्मान्धता छैन । चिनियाँ समाजले धर्मभन्दा रोजगार, आम्दानी, व्यापार आदिलाई महŒव दिन्छ । भारतको गुजराती समाज कारोबारी भएझैं चीनको समाज पनि कारोबारी हो । चीनमा धर्मको नाममा कारखाना बन्द भएको, कसैलाई कुटेर मारिएको, धर्मले व्यापारलाई प्रभावित गरेको देखिएको छैन ।

जुन मुलुकमा धर्मान्धता बढी हुन्छ त्यस देशले आर्थिक प्रगति सुस्त गतिमा गर्छ, धर्ममा उदार भएको राष्ट्रको तुलनामा । भारतीय समाज धर्ममा उदार भएको भए, धर्मको नाममा अनेक हिंसा नभएको भए भारत अहिले विश्वको तेस्रो ठूलो आर्थिक महाशक्ति हुने थियो । तर भारतमा धार्मिक कट्टरता पनि छ, धर्मान्धता पनि । धर्म मान्नु राम्रो हो, तर धर्मलाई जीवनशैलीसँग जोड्नुपर्छ, व्यापारसँग होइन र यही कार्य विश्वका धनी राष्ट्रहरूले गरेका छन् ।

राजनीतिक अस्थिरता नहुनु

मुलुकमा व्याप्त राजनीतिक स्थिरताले तीव्र गतिमा आर्थिक प्रगति गर्न चीनलाई सहयोग पु¥याएको छ । हुन त त्यहाँ रहेको राजनीति प्रणाली– कम्युनिस्ट व्यवस्थाले चीनलाई राजनीतिकरूपमा स्थिर हुन सहयोग पु¥याएको भन्नेहरू पनि छन् । तर पनि चीनमा राजनीतिले उच्च बिन्दुमा स्थिरता पाएको छ । भेनेज्युएला आफूलाई समाजवादी भन्छ र त्यहाँ पनि एक दलीय व्यवस्था छ, तर त्यो देशले राजनीतिक स्थिरता पाएको देखिंदैन ।

विश्वका धनी मुलुकहरूभन्दा बढी चीनमा राजनीतिक स्थिरता छ र यो ज्यादै महŒवपूर्ण कुरा होस कुनै पनि राष्ट्र धनी हुनका लागि, त्यहFँको जनता सुखी हुनका लागि । नेपालमा यही राजनीतिक स्थिरता नभएकोले मुलुकले तीव्र गतिमा त परै जाओस्, वाञ्छित गतिमा पनि आर्थिक प्रगति गर्न सकेको छैन । दक्षिण अमेरिका र अफ्रिकाका धेरै मुलुकहरूले राजनीतिक अस्थिरताका कारण आर्थिक प्रगति गर्न सकेका छैनन् । अफगानिस्तान, हाइटी जस्ता राष्ट्रहरूमा त राजनीतिक स्थिरता ल्याउन विदेशी सेना आउनुपर्ने स्थिति हामीले देखेकै कुरा हो।

केन्द्रीय राजनीति कमजोर नहुनु

चीनको केन्द्रीय (शक्ति) राजनीति विश्वमा नै सर्वाधिक बलियो छ । केन्द्रीय राजनीति यति बलियो कम्युनिस्ट व्यवस्थाले गर्दा भएको हो । कम्युनिस्ट व्यवस्था आफैंमा असल व्यवस्था होइन भन्नेहरू पनि लाखौंमा छन् । तर जे जस्तो भए पनि, आर्थिक विकासको दृष्टिकोणले हेर्दा, चीनको केन्द्रीय राजनीति बलियो हुनुले चीनलाई आर्थिक प्रगति तीव्र गतिमा गर्न अति नै सहयोग पु¥याएको छ ।

चीनको केन्द्रीय शक्ति वा राजनीति यतिसम्म बलियो छ कि देश भित्र हुने कुनै पनि किसिमको राजनीतिक, सामाजिक, धार्मिक विद्रोहलाई चीनले सजिलै साम्य पार्न सक्छ । आफ्नो देश भित्र हुने कुनै पनि किसिमको जन असन्तोक्ष दबाउन चीनले विदेशी सेना वा सरकारको सहयोग लिनुपर्दैन । चीनको केन्द्रीय राजनीति बलियो मात्र होइन, स्वतन्त्र पनि छ, उत्तर कोरियाजस्तो कमजोर छैन । नेपालजस्तो कमजोर छैन ।

नेपालका नेताहरूले मुलुकको केन्द्रीय राजनीतिलाई आफ्नो स्वार्थपूर्तिका कारण बलियो हुन दिएका छैनन् । राजनीतिक दलहरू विपरीत दिशातिर मुख फर्काएर बसेका छन् । एउटै राजनीतिक दल दशचोटी फुटेको छ, दशचोटी जुटेको छ । उदाहरणको रूपमा एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) को गठन हेर्दा पुग्छ । नेपालका राजनीतिक दलहरूको  निरन्तर कलहले गर्दा नेपालको केन्द्रीय राजनीति अति नै कमजोर छ । केन्द्रीय राजनीति कमजोर भएको कारण नेपालको राजनीतिलाई अनेक विदेशी सरकार र शक्तिहरूले नेपालमा प्रत्यक्षरूपमा हस्तक्षेप गर्न पाएका छन् ।

फितलो इच्छा शक्ति नहुनु

आर्थिक विकासका लागि आवश्यक दृढ र बलियो इच्छाशक्ति चिनियाँहरू आवश्यकताभन्दा बढी रहेको पाइन्छ । बढीभन्दा बढी आर्थिक प्रगति गरेर, धेरै पैसा कमाएर सुविधासम्पन्न जीवन बिताउनुपर्छ भन्ने भावना चिनियाँहरूमा उच्च रहेको पाइन्छ । कसैगरी पनि पैसा कमाउनुपर्छ भन्ने भाव चिनियाँहरूमा उच्च रहेकोले धर्म र राजनीति सर्वसाधारणको जीवनमा अहम् बन्न सकेको छैन ।

धर्म र राजनीतिले चिनियाँहरूलाई पिरोलेको छैस सिरिया, यमन, भारत, पाकिस्तान, इरान आदिलाई पिरोलेजस्तो । खाउँपिउँ, मौज गरूँ भन्ने भावले चिनियाँहरूलाई हरघडी आम्दानीले डो¥याएको हुन्छ, उत्प्रेरित गरेको हुन्छ । राम्रो आम्दानी भएको कारण अहिले मध्यवर्गीय चिनियाँहरू पनि विश्वको अनेक मुलुकमा घुम्न हिंड्न थालेका छन, पैसा खर्च गर्न थालेका छन्। परम्परागतरूपमा चिनियाँहरू पैसा खर्च गर्न उदार भने होइनन् ।

कुनै पनि मुलुकले तीव्र गतिमा आर्थिक प्रगति गर्न त्यस देशका बासिन्दामा आर्थिक विकासप्रति इच्छा शक्ति बलियो हुनुपर्छ । आर्थिक प्रगतिप्रति बलियो इच्छाशक्ति भयो भने मात्र राष्ट्रले आर्थिक विकास गर्छ । यो कुराको पुष्टि चीनको अर्थिक विकासले गरेको छ ।

कम जनसङ्ख्या नहुनु

हुन त भोलिका दिनमा के होला भन्न सकिने स्थिति छैन, चीनले अझै आर्थिक प्रगति गरेर, श्रमिकहरूको ज्याला पनि वृद्धि गर्नुपर्ने स्थिति भएर, चीनमा उत्पादन लागत बढ्ने स्थिति आउन सक्छ । त्यो स्थितिले चिनियाँ समान महँगो हुन सक्छ । चीनका उत्पादनहरूको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउन सक्छ । तर अहिलेको लागि भने अधिक जनसङ्ख्या हुनुको फाइदा चीनले उठाएको छ ।

धेरै जनसङ्ख्या भएको कारण कम ज्याला भुक्तान गर्दा श्रमिकहरू उपलब्ध हुन सकेको स्थितिले उत्पादन लागत कम पर्न गएको छ । सस्तो सामान उत्पादन गरेर विश्वका अनेक बजारमा सस्तोमा बिक्री गर्न सक्ने अवसर पाएको छ । त्यसकारण अहिले ठूलो जनसङ्ख्याले चीनलाई विश्वको दोस्रो आर्थिक महाशक्ति हुन सहयोग पु¥याएको छ । ठूलो जनसङ्ख्या भएको कारण चीनले सस्तोमा वस्तुहरू उत्पादन गर्न सकेको हो । अनि ती सामान विश्व–बजारमा बिक्री गर्न सकेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here