सर्लाही, ३ भदौ/रासस
नदीले क्षति पु¥याएका क्षेत्रमा दीर्घकालीन सुरक्षा उपाय नअपनाउँदा बर्सेनि हजारौं बिघा खेतीयोग्य जमीन कटान भइरहेको छ ।
लालबन्दी नगरपालिका–१ स्थित लखनदेही खोलामा आएको बाढीले जङ्गल क्षेत्रमा क्षति पु¥याएको छ भने चक्रघट्टा गाउँपालिका–१ शिवनगरस्थित लखनदेही खोलामा आएको बाढीले सो क्षेत्रमा पनि बाँध भत्काएको छ ।
गत वक्र्ष यही स्थानमा बाढीले बाँध कटान गरेपछि जनताको तटबन्ध कार्यालयले ‘परकोपाइन’ विधिबाट बाँस गाडेर तत्कालका लागि मर्मत गरेको थियो । दीर्घकालीन उपाय नखोजिंदा यस वक्र्ष पनि बाढीले बाँध भत्काएको हो ।
गत वक्र्ष नै बाँधको स्थायी मर्मत गरेको भए यस वक्र्ष जोखिम नहुने स्थानीय राजगिर रायले बताए । उनले भने, “टालटुले मर्मत गर्दा क्षति हुनु स्वाभाविक हो ।” चक्रघट्टाको शिवनगरसहित लखनदेही खोलाले तीन स्थानमा भत्काएको बाँधलाई फेरि टालटुल गरेर कटान रोकथामको प्रयास थालिएको छ । अस्थायी मर्मतका लागि जलस्रोत तथा सिंचाइ विभागले सहयोग गर्ने प्रतिबद्धतासहित निर्देशन दिएपछि तटबन्ध कार्यालयले बोरामा बालुवा हालेर काम शुरू गर्ने भएको छ ।
सो कार्यालयका प्रमुख रवीन्द्र शर्माले हिउँदमा पक्की बाँध र स्थायी निर्माण गरिने जानकारी दिए । उनले बजेट अभावले गत वक्र्षदेखि पक्की बाँध बनाउन नसकेको र यस वक्र्ष पनि त्यही स्थानमा बाँध भत्किएको बताए ।
उनले भने, “विभागबाट बजेटसहितको निर्देशन आएपछि तत्कालका लागि टालटुल गरेर वक्र्षा समाप्त भएपछि पक्की बाँध बाँध्ने योजना छ ।” जिल्लाको लखनदेही नदीले कटान गरेको क्षेत्रको अवलोकनपछि विभागका महानिर्देशक मधुकरराज भण्डारी र उपमहानिर्देशक कृष्ण नेपालसहितको टोलीले बाँध मर्मतका लागि निर्देशन दिएका थिए ।
लखनदेही नदीको बहावलाई परिवर्तन गर्दै बाँध मर्मत गर्ने तटबन्ध कार्यालयले जनाएको छ । जिल्लाको मध्यभाग भएर बग्ने सो नदीले चक्रघट्टाको शिवनगर, कौडेना गाउँपालिका–७ सक्रौल र मलङ्गवा नगरपालिका–५ भाँडसरमा रहेको बाँध भत्काएको छ । बाँध भत्किएपछि यस आसपासका बस्ती उच्च जोखिममा परेका छन् । जोखिम क्षेत्रको प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायले समेत निरीक्षण गरेको छ ।
खोला नियन्त्रणका लागि तटबन्ध कार्यालयमा पटकपटक जानकारी गराउँदा पनि बाँध निर्माणका लागि सहयोग नपाएको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले गुनासो गरे। अन्यत्रबाट सहयोग नपाएपछि गाउँपालिकाले रु एक करोड बजेट तटबन्धका लागि छुट्याइएको थियो ।
लखनदेही नदीले भत्काएको बाँध बाँध्नका लागि दीर्घकालीनरूपमा तटबन्धको पहल भइरहेको प्रजिअ रामकुमार महतोले बताए । उनले भने, “तटबन्धका लागि केही समय लाग्ने भएपनि तत्कालीन रोकथामको काम हुनेछ ।”
जिल्लामा लखनदेही, वाग्मती, चापिनी, कालीञ्जोर, फूलजोर र बाँके खोलाले बर्सेनि खेतीयोग्य जमीन कटान गर्नुका साथै भौतिक तथा मानवीय क्षतिसमेत गर्ने गरेका छन् । नदी दोहन, दिन प्रतिदिन चुरे दोहन, वनविनाशलगायतका कारण हरेक वक्र्ष यी नदीमा आएको बाढीले क्षति पु¥याउने गरेको छ ।