टायल्स मार्बलको व्यवसाय फस्टायो, तीन अर्बको लगानीमा तीन दर्जन पसल सञ्चालनमा

0

राधेश्याम पटेल, परवानीपुर, ३ भदौ/

वीरगंजमा पछिल्लो समय टायल्स, मार्बल र ग्रेनाइट व्यवसाय फस्टाएको छ । भारतको गुजरातबाट यी सामान आयात गरिन्छ । पर्सा–बारा क्षेत्रमा सर्वसाधारणले पनि आकक्र्षक घर बनाउन थालेपछि वीरगंजमा टायल्स, मार्बल र ग्रेनाइटको बिक्री बढेको व्यवसायीले बताएका छन् । एउटा घरमा कम्तीमा बाथरूम र किचेनमा टायल्स–मार्बल लगाउने चलन बढेको व्यवसायीको भनाइ छ ।

गत साता मात्रै वीरगंज–१० आदर्शनगरस्थित पानीटङ्कीनजीकै ६ करोडको लगानीमा पर्सा मार्बल एन्ड टायल्स प्रालि सञ्चालनमा आएको छ । त्यसको उद्घाटन प्रदेश २ का ऊर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले गरेका थिए । नेपाली काङ्ग्रेस पर्साका सदस्य मोहम्मद सहाबुद्दीनले सिटिजन्स बैंकको ३ करोड र आफ्नो ३ करोड मिलाएर ६ करोडको लागतमा टायल्स मार्बल बिक्री शोरूम खोलेका हुृन् । भारतको बिक्रीको हिसाबले ३ नम्बरमा रहेको निटको ब्रान्डको डिलरसीप लिएर शोरूम खोलेको उनले बताएका छन् । उनले आगामी दिनमा जर्मनीको टायल्स र मार्बल ल्याउने बताएका छन् ।

वीरगंज कुमालटोलमा सञ्चालनमा रहेको सञ्जयश्री इन्टरनेशनलका सञ्चालक राजेश कलवारका अनुसार टायल्स व्यवसायको स्कोप बढेपछि लगानीकर्ता हौसिएको बताए । उनले टायल्स व्यवसायमा १०/१२ प्रतिशत मार्जिन रहेकोले अधिकांश साना–ठूला लगानीकर्ता आइरहेको बताए । “एकथरी वीरगंजकै ठूला बिक्रेताबाट खरीद गरी बेच्छन् भने अर्काथरी भारतबाट आयात गर्ने थोक बिक्रेता छन्”–उनले भने–“रिटेलर पसल खोल्न २०/३० लाखमा पुग्छ भने थोक बिक्रेताको लागि १ करोड देखि १० करोडसम्मका व्यावसायिक फर्म छन् ।”

टायल्स व्यवसायमा वीरगंजमा मात्र करीब ३ अर्बभन्दा बढीको लगानी लागेको व्यवसायीहरूको भनाइ छ । सञ्जयश्री इन्टरप्राइजेजका मार्केटिङ प्रबन्धक सोनालाल यादवका अनुसार ५ वक्र्षभित्र अशोक वैद्यका भतिजा दीपक वैद्य सञ्चालक रहेको सिद्धिविनायक, किशोर गुप्ताको कृष्णा मार्बल, दयानन्द गुप्ताको याक सप्लायर्स, जाकिर हुसैनको सोमानी टायल्सलगायत दुई दर्जन टायल्स सञ्चालनमा आएको छ ।

वीरगंजका पुराना टायल व्यवसाय गर्ने फर्म अप्सरा सेनिटरिजका सञ्चालक सुशील अग्रवालले करीब ३५ वक्र्ष अघि देखि बुवा स्व. सीताराम अग्रवालले शृुरू गरेको व्यवसाय सम्हालिरहेको बताए । उनले वक्र्षमा करीब अढाई करोडभन्दा बढीको टायल्स आयात गर्ने गरेको बताए । स्व. बिहारीलाल लाठका छोरा अशोक लाठले पनि करीब ९ वक्र्ष पहिले टायल व्यवसाय गर्न जिटिसी फर्म स्थापना गरी व्यवसाय शुरू गरेको निजका भाइ गणेश लाठ बताउँछन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का अध्यक्षसमेत रहेका गणेश लाठले मध्यमवर्गीयले पनि २ लाखदेखि १० लाखसम्म खर्च गरेर टायल–मार्बल लगाउँदा घर सुन्दर देखिने हुँदा माग बढेको बताउँछन् ।

“अधिकांशले किचेन, बाथरूम, डाइनिङ हल, मूल गेट, पार्किङ हललगायत क्षेत्रमा टायल लगाउन खोज्छन्”–उनले भने–“तर यो कच्चा व्यवसाय भएकोले आयात गर्दा धेरै पिस फुटेर आउँदा कहिलेकाहीं घाटा पनि लाग्छ ।” उनले पुराना टायल व्यवसायीमा जय नेपालका सञ्चालक मनोज रौनियार, डिके जैनको तुलसी इम्पेक्सलगायतले कारोबार गरिरहेको बताए । उनले आयातकर्ताहरू गुजरातबाट डेढ सयदेखि अढाई सयसम्म किलोको हिसाबले टायल्स, मार्बल र ग्रेनाइटको प्रतिकिलो ६ सय रुपियाँमा खरीद हुने बताए । भन्सारले किलोको हिसाबमा राजस्व लिन्छ । व्यवसायीले खरीद गरेको मूल्यको ५५ देखि ९० प्रतिशत राजस्व नै तिर्छन् । त्यस कारण भारतीय सीमावर्ती बजारभन्दा नेपाली बजारमा टायल,मार्बल र ग्रेनाइटको भाउ महँगो पर्छ ।

टायपल,मार्बल उद्योग खोल्न चुनौती

उद्योगी गणेशप्रसाद लाठका अनुसार नेपालमा टायल, मार्बल तथा ग्रेनाइट उत्पादन गर्न चुनौती छ । कुनै पनि उद्योग चलाउन कच्चा पदार्थ नै मुख्य कुरा भएकोले नेपालमा यो उद्योगको कच्चा पदार्थ नरहेको र भारतबाट आयात गर्दा उत्पादन खर्च महँगो भएकोले उद्योग लगाउनेतर्फ व्यवसायीहरूले प्रयास गरे पनि सफलता नमिलेको उनी बताउँछन् । “करीब दुई दशकदेखि उद्योग लगाउन प्रयास भएको छ, तर यी सामग्रीको कच्चा पदार्थ अर्थात् काँचो माटो (क्ले) गुजरातमा मात्र पाइन्छ”–उनले भने–“उद्योग लगाउन पहिले माटो भिœयाउनु प¥यो, त्यसपछि उत्पादन–प्रविधि पनि खर्चिलो छ, दक्षशक्ति नभई उत्पादन हुन्न ।” नेपालमा उत्पादन गर्दा लागत खर्च बढेर उत्पादित टायल, मार्बलभन्दा आयातित सस्तो पर्ने भएकोले व्यवसायी लगानी गर्नुभन्दा आयात गरी व्यवसाय गर्न जोड दिन्छन् ।

पहिले वीरगंज नाकाबाट आयात भई देशभरि बिक्री हुने मार्बल–टायल अहिले देशको विभिन्न शहरमा व्यवसायीले सोझै भारतबाट नै आयात गरी बेच्ने गर्छन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here