प्रस, पर्सागढी, २२ असार
पर्सागढी नगरपालिका–१ गुलरियामा मङ्गलवार बिहान चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । पर्सागढी नपा–१ गुलरिया निवासी ४५ वर्षीय चन्द्रिका पासवानको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ११ बजे पासवान खेतमा रोपाइँ गरिरहेका बेला चट्याङ लागेपछि घटनास्थलमैं मृत्यु भएको थियो । मृतक पासवानकी पत्नीलाई निधर्न उत्थान बैंकले रु पाँच हजार सहयोग गरेको छ ।
पासवानको घरमा गएर नगरप्रमुख लोकनारायण यादवले निर्धन उत्थान बैंकको तर्फबाट पाँच हजार नगद सहयोग गरेका थिए । सो अवसरमा नगरप्रमुख यादवले पीडितालाई नगरपालिकाको विपत् व्यवस्थापन कोषबाट पनि सहयोग गर्ने बताए ।