प्रस, ठोरी, ११ असार/
ठोरी गाउँपालिका–४ मा रहेको सर्पदंश उपचार केन्द्र जाने बाटोको स्तरोन्नति शुरू भएको छ । नेपाली सेनाको पानीटङ्की गुल्ममा रहेको उपचार केन्द्र जाने बाटो खाल्डाखुल्डी परेपछि सडकको मरम्मत शुरू भएको हो ।
वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत पर्ने ठोरी गापा–४ को आठघरेबाट उत्तरतर्फ उपचार केन्द्र जाने मुख्य सडकको निर्माण कार्य शुरू गरिएको ठोरी गापाले जनाएको छ ।
यसै महीनाभित्र निर्माण सम्पन्न हुने दुर्ई सय मिटर पक्की ढलान सडकको शिलान्यास गापा अध्यक्ष पद्मलाल श्रेष्ठ र वडाध्यक्ष बईबहादुर तामाङले संयुक्तरूपमा गरेका थिए । प्रदेश २ सरकारको सडक निर्माण कार्यक्रम अन्तर्गतको सशर्त २० लाख अनुदानमा सडक निर्माण हुन थालेको गापा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सागर लामा, नेमा तामाङ, मोहन सिञ्जाली मगर, गोपाल श्रेष्ठलगायतको सहभागिता थियो ।