प्रस, वीरगंज, ११ असार/
नारायणी अस्पतालमा दुईजना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले शुक्रवार बाराका दुईजना सङ्क्रमितको मृत्यु भएको बताए ।
आदर्श कोतवाल निवासी ७५ वर्षीय पुरुष र निजगढ नगरपालिका–१० का ७८ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए । आदर्श कोतवालका पुरुष असार २ गते सङ्क्रमित भएपछि नारायणी अस्पतालमा ४ गते भर्ना भएको र आज बिहान १ः१५ बजे निधन भएको डा सिंहले बताए ।
यसैगरी, निजगढका पुरुष पनि असार २ गते सङ्क्रमित भएको र उनलाई ४ गते भर्ना गरिएकोमा आज बिहान पौने १२ बजे उनको मृत्यु भएको डा सिंहले जानकारी गराए ।