प्रस, वीरगंज, ११ असार/
पर्सा प्रहरीले एकजना महिलालाई जबरजस्ती करणी गर्ने आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा, पटेर्वासुगौली गाउँपालिका–१ बस्ने २५ वर्षीय सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारी रहेका छन् ।
उनले गत सोमवार राति करीब १२ बजे सोही स्थानकी २० वर्षीया महिलाको घरमा प्रवेश गरी जबरजस्ती गर्ने प्रयास गरेका थिए । सुत्ने कोठामा झ्यालबाट प्रवेश गरेका निजलाई महिलाले हल्ला गरेपछि पक्राउ गरी प्रहरीलाई बुझाइएको थियो ।
पीडित महिलाले जाहेरी दिएपछि अन्सारीमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दायर गरी पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।