प्रस, वीरगंज, ९ असार/
प्रदेश सरकार कृषि मन्त्रालयको सहयोगमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्साको आयोजनामा पोखरियामा ६० जना महिलालाई बाख्रा वितरण गरिएको छ ।
पोखरिया नपा–३ मा रहेका ६० जना विपन्न महिलालाई प्रतिव्यक्ति दुईवटाको दरले १२० वटा बाख्रा वितरण गरिएको थियो । पोखरिया नपाकी उपप्रमुख सलमा खातुनले महिलाहरूलाई बाख्रा वितरण गरेकी थिइन् ।
केन्द्रका प्रमुख सहतराम मौर्याको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका नगर अध्यक्ष राजु साह, शिवनाथ साह, फहिम हवारी, नवी रसुल आलमलगायतको सहभागिता थियो ।