प्रस, वीरगंज, ९ असार/
नारायणी अस्पताल वीरगंजमा बुधवार ६ जना सङ्क्रमित पुष्टि भएका छन् ।
अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले पिसिआर प्रयोगशालामा ४८ जनाको स्वाब परीक्षण गर्दा ६ जना सङ्क्रमित पुष्टि भएको बताए ।
सङ्क्रमित पुष्टि भएकामा पर्साका तीन, बाराका दुई र रौतहटका एकजना छन् । उनीहरूको सिटी भ्यालू १९ देखि ३१ रहेको छ ।