प्रस, रौतहट, ९ असार/

मौलापुर नगरपालिकाको पक्षमा बुधवार प्रदर्शन भएको छ । नेकपा एमाले माधव नेपाल समूह र जसपा अध्यक्ष उपेन्द्र यादव समूहका कार्यकर्ताले मङ्गलवार मौलापुर नगरपालिकामा अनियमितता भएको भन्दै धर्ना दिएको विरोधमा आज नगरप्रमुख रीमादेवी साह समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

निषेधाज्ञा अवधिमा नगरप्रमुख साह समर्थकहरू ठूलो सङ्ख्यामा ओर्लिएका थिए । उनीहरूले सामाजिक दूरी त पर जाओस् मास्कसमेतको प्रयोग गरेका थिएनन् ।

स्वयम् नगरप्रमुख साहले मौलापुर बजारमा आयोजित प्रदर्शनपछिको सभामा मास्कविना भाषण गरेकी थिइन् । उनले मौलापुर नगरपालिकाले विकासको क्रममा गति लिइरहेको र केही विरोधीले विरोधको लागि मात्र धर्ना दिने जस्ता कार्यहरू गरेको आरोप लगाइन् । उनले विकास सहन नसक्नेहरूले विरोध गरेको आरोप लगाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here