प्रस, वीरगंज, ९ असार/

बाराको विश्रामपुर गाउँपालिकाको छैटौं गाउँसभा सम्पन्न भएको छ । बुधवार एक कार्यक्रमबीच गापा अध्यक्ष्F अमिरीलाल पालले छैटौं गाउँसभाको उद्घाटन गरेका हुन् ।

सो अवसरमा उनले गापाले ल्याएको नीति तथा कार्यक्रम सबै मिलेर शतप्रतिशत पूरा गर्ने प्रतिबद्धता जाहेर गरे । उद्घाटन सत्रमा वडाध्यक्ष हृदयनारायण यादवले उपप्रमुख सुमित्रादेवी साहको तर्फबाट नीति तथा कार्यक्रम र आगामी आव २०७८/७९ को लागि रु २९ करोड १९ लाख १२ हजारको बजेट प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा गापाले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकूद, भवन निर्माण, वृक्षारोपणलगायतका कार्यक्रम समेटिएको वडाध्यक्ष यादवले बताए ।

गापाका प्रमुख प्रशासकीय अधिकृत सुनीलकुमार केसरीले गाउँसभाबाट आएका सुझावलाई समेटेर उत्कृष्ट बनाउने प्रतिबद्धता जाहेर गरे । उद्घाटन समारोहमा वडाध्यक्षहरू, सदस्यहरू, कार्यपालिका सदस्य, कर्मचारीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण दीपकलाल पालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here