पर्साका स्वास्थ्यकर्मीको कोरोना सङ्क्रमणले मृत्यु
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/ram-1.jpg)
राधेश्याम पटेल, वीरगंज, १२ असोज/ पर्सामा कार्यरत एकजना स्वास्थ्यकर्मीको कोरोना सङ्क्रमणको अवस्थामा उपचारको क्रममा मृत्यु भएको छ। काठमाडौंको करुणा अस्पतालमा सोमवार बिहान उनको मृत्यु भएको हो। मृत्यु हुने महोत्तरी घर भई हाल पर्साको जगरनाथपुर गाउँँपालिकाको स्वास्थ्य सहसंयोजक रामशिकिलप्रसाद साह हुन्। ५८ वर्षीय साह सिनियर अहेब छैटौं तहमा कार्यरत थिए। एक साताअघि रुघाखोकी र ज्वरो आएपछि […]
सुनचाँदी व्यवसायीमा विवाद, प्रदेश अध्यक्षमा शिव सर्राफ
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/sonar.jpg)
प्रस, वीरगंज, १२ असोज/ सुनचाँदी व्यवसायी महासङ्घ प्रदेश २ को निर्वाचन प्रक्रियामा जालझेल भएको उम्मेदवार रामजी साहले आरोप लगाएका छन्। नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदका दावेदार साहले महासङ्घको विधानविपरीत वीरगंजमा निर्वाचन सम्पन्न गरेको आरोप लगाए। महासङ्घले देशभरि असोज १२ गते प्रदेशको राजधानीमा निर्वाचन गर्ने कार्यतालिका बनाएकोमा जिल्ला अध्यक्ष नीरज सर्राफको मिलेमतोमा […]
सातजना सङ्क्रमित थपिए
प्रस, वीरगंज, १२ असोज/ पर्सा र बारामा थप सातजनामा सङ्क्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा १९२ जनाको स्वाब नमूना परीक्षण गरिएकोमा सातजना सङ्क्रमित थपिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। सङ्क्रमित पुष्टि भएकोमा बाराका एकजना र पर्साको धोबिनी गाउँपालिकाका एकजना तथा वीरगंज मनपाका पाँचजना छन्। वीरगंज मनपा–८ र १२ का २/२ […]
प्रदेश लोकसेवालाई चिकित्सक र इन्जीनियर भर्ना गर्न स्वीकृति प्रदान
प्रस, जनकपुरधाम, १२ असोज/ प्रदेश २ सरकारले कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ। सोमवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कर्मचारी भर्नाको स्वीकृति दिएको हो। प्रदेश निजामती सेवा ऐन हाल पारित भएको छैन। सो ऐन पारित नभएसम्मका लागि सङ्घीय ऐनको व्यवस्थालाई अवलम्बन गरेर कर्मचारी भर्ना गर्न सरकारले प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको हो। […]
सङ्क्रमित गर्भवती अस्पताल भर्ना
प्रस, वीरगंज, १२ असोज/ वीरगंज–२४ रामगढवाकी २६ वर्षीया सङ्क्रमित गर्भवतीलाई सोमवार बिहान अस्पताल भर्ना गरिएको छ। प्रमुख जिल्ला अधिकारी आसमान तामाड्ढो निर्देशनमा नारायणी अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। नेशनल मेडिकल कलेज वीरगंजको अस्थायी कोभिड अस्पतालले भर्ना लिन नमानेपछि उनलाई एक दिन घरमैं अक्सिजन लगाएर होम आइसोलेशनमा राखिएको थियो। नौ महीनाको गर्भ भएको सङ्क्रमित महिलालाई […]
भीमफेदी–कुलेखानी सडकखण्ड खुला
मकवानपुर, १२ असोज/रासस अविरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी–कुलेखानी सडकखण्ड आज बिहानदेखि खुलेको छ। उक्त सडकखण्डको भीमफेदी गाउँपालिका–६ र इन्द्रसरोवर गाउँपालिका–२ का विभिन्न स्थानमा गएको पहिरो पन्छाई आज बिहान ८ः०० बजेदेखि हेटौंडाबाट कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने बाटो खुलेको इलाका प्रहरी कार्यालयका प्रनि सुरेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार बाटो […]
व्यापारीको अवस्था अझै अज्ञात
प्रस, महोत्तरी, १२ असोज/ विगत पाँच दिनदेखि बेपत्ता रहेका महोत्तरीका व्यापारीको अवस्था अझै अज्ञात छ। जलेश्वर नगरपालिका वडा नं ५ बस्ने ब्रह्मदेव साहका छोरा २४ वर्षीय राजु साह बितेको बुधवार रातिदेखि बेपत्ता छन्। खोजतलाश भइरहेको तर सोमवारसम्म पत्ता नलागेको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन्। जिल्लाकै मटिहानी नगरपालिका वडा नं ८ मा कपडापसल […]
नहरले बगाएर मृत्यु
प्रस, सर्लाही, १२ असोज/ आइतवारदेखि बेपत्ता एकजनाको सोमवार बिहान बागमती सिंचाइ आयोजनाको नहरमा शव फेला परेको छ। बागमती नगरपालिका वडा नं ८ गाजली चोक निवासी ५२ वर्षीय सुरेश वाईवाको बागमती सिंचाइ मानपुर शाखा नहरमा शव फेला परेको हो। उनी आइतवारदेखि बेपत्ता थिए। नहरमा शव फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए। आइतवार ठूलो […]
उखु उत्पादक सङ्घ रौतहटद्वारा चक्काजाम
प्रस, रौतहट, १२ असोज/ उखु उत्पादक सङ्घ रौतहटद्वारा गौर–चन्द्रनिगाहपुर सडकखण्डमा चक्काजाम गरिएको छ। उखु उत्पादक सङ्घ तथा श्रीराम सुगर मिल्सका मजदूरहरूको माग पूरा गराउन चक्काजाम गरिएको हो। उखु उत्पादन गर्ने किसानको बक्यौता २५ करोड तथा मिल्सका मजदूरको बक्यौता २० करोड रुपैयाँ अविलम्ब भुक्तानीको माग गर्दै चक्काजाम गरिएको उखु उत्पादक सङ्घका उपाध्यक्ष प्रमोदप्रसाद यादवले बताए। किसान […]
चुरे पहाड र तराई क्षेत्रको भविष्य
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/jitlal-1.jpg)
जीतलाल श्रेष्ठ वन जङ्गललगायत प्राकृतिक स्रोत तथा सम्पदालाई बेलैमा संरक्षण गर्न नसके केही दशकमैं यसको अभाव सिर्जना हुने सङ्केत देखिएको छ। बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषालगायत तराईका अधिकांश जिल्लाहरूको उत्तरी भेगमा वन क्षेत्र छ। महाभारत पर्वतपछि आउने चुरे पर्वत शृङ्खला तराईको शिर अर्थात् उत्तरतर्फ अवस्थित छ। यो विश्वको कान्छो पहाड पनि हो। यसको संरक्षणविना […]